― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
Homeराष्ट्रिय समाचारबलम्बु प्रहरी प्रभागमा आगजनी गर्ने थप एकजना पक्राउ

बलम्बु प्रहरी प्रभागमा आगजनी गर्ने थप एकजना पक्राउ


जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडीमा तोडफोड गर्ने समूह।


राष्ट्रिय

समाचार.

  • बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न १८ वर्षीय धर्म जित यादवलाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको बलम्बु प्रहरीले जनाएको छ।
  • बा १ झ ७४१८ नम्बरको टाटा टेल्कोलाइन गाडी कार्यालय परिसरबाट बाहिर लगेर आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको खुलेको छ।

१७ कात्तिक, काठमाडौं । प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

अनुसन्धानका क्रममा प्रहरीको फेला परेका भिडियो र फोटो प्रमाणका आधारमा जिल्ला सर्लाही मलंगवा गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल बसोबास गर्दै आएका १८ वर्षीय धर्म जित यादवलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, जेन-जी युवाहरूले आह्वान गरेको आन्दोलनको नाममा केही अज्ञात व्यक्तिहरूले बलम्बुस्थित प्रहरी प्रभागमा तोडफोड र सवारी साधनमा आगजनी गरी ठूलो क्षति पुर्‍याएका थिए।

उक्त घटनामा बा १ झ ७४१८ नम्बरको टाटा टेल्कोलाइन गाडी कार्यालय परिसरबाट बाहिर लगेर आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको अनुसन्धानबाट खुलेको छ ।

उक्त घटनाको अनुसन्धान जारी रहेको र पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको बलम्वु प्रहरीले जनाएको छ । बलम्वु प्रहरीले केही दिन अगाडि ४ जना पक्राउ गरि अनुसन्धान गरिरहेकाे छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More