― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest news‘बफेलो एट्’ ले किन्यो हरिवंश आचार्य स्टारर ‘भूठान’ को विश्वब्यापी अधिकार

‘बफेलो एट्’ ले किन्यो हरिवंश आचार्य स्टारर ‘भूठान’ को विश्वब्यापी अधिकार


राष्ट्रिय

समाचार.

  • अमेरिकी वितरण कम्पनी बफेलो ८ ले भूटानी-नेपाली-अमेरिकी फिल्म ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ को विश्वव्यापी अधिकार सुरक्षित गरेको छ।
  • फिल्ममा ब्रुस डर्न, हरिवंश आचार्य र दयाहाङ राईले अभिनय गरेका छन् र यो जनवरी ९, २०२६ मा अमेरिकामा अन-डिमान्ड रिलिज हुनेछ।
  • फिल्मको कथा विष्णु पात्रको मृत्युपछि परिवारका तीन पुस्तामा सांस्कृतिक र भावनात्मक रुपान्तरण र घरको अर्थबारे बहसमा केन्द्रित छ।

काठमाडौं । अमेरिकी वितरण कम्पनी ‘बफेलो ८’ ले अस्कर र एमी मनोनित अभिनेता ब्रुस डर्न अभिनित भूटानी-नेपाली-अमेरिकी फिल्म “द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ को विश्वव्यापी अधिकार सुरक्षित गरेको छ ।

यससँगै फिल्मले ट्रेलर समेत युट्युबमार्फत सार्वजनिक गरेको छ । नेपालीमा ‘भूठान’ नामाकरण गरिएको फिल्म नेपालका हलमा भने यसअघि प्रदर्शन भैसकेको छ ।

‘वन्स अपन अ टाइम इन हलिउड’ र ‘नेब्रास्का’ जस्ता चर्चित फिल्ममा अभिनय गरेका डर्नले विनोद पौडेल निर्देशित यो फिल्ममा नेपाली दिग्गज कलाकार हरिवंश आचार्य र दयाहाङ राईसँगै अभिनय गरेका छन् ।

ओहायोको एक्रोनमा सेट गरिएको यो फिल्म विष्णु नामक पात्र हरिवंशमा केन्द्रित छ, जो एक भूटानी नेपाली हुन् जसले अमेरिकामा नयाँ जीवन निर्माण गरेका छन् । तर अन्तिम पटक भुटान फर्कने सपना देख्छन् ।

भिसा अस्वीकारपछि उक्त पात्रको अप्रत्याशित रूपमा मृत्यु हुन्छ, जसले गर्दा उनको परिवारका तीन पुस्ताहरूमा आध्यात्मिक, भावनात्मक र सांस्कृतिक रुपान्तरण सुरु हुन्छ । उनीहरू विष्णु पात्रलाई कसरी सम्मान गर्ने र “घर’ को वास्तविक अर्थ के हो भन्ने बारेमा बहस गर्छन् ।

‘बफेलो ८ ले’ टीभीओडी र अन्य डिजिटल प्लेटफर्महरूमा प्रदर्शनको सुरुवाती व्यवस्थापन गर्नेछ । सन् २०२६ को सुरुवातसम्ममा फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको तयारी छ ।

यो फिल्म जनवरी ९, २०२६ मा अमेरिकामा अन-डिमान्डअनुसार रिलिज हुनुभन्दा अगाडि डिसेम्बर २६ देखि फ्यान्डाङ्गो एट होममा प्रि-अर्डरको लागि उपलब्ध हुनेछ ।

यो फिल्म अमेजन, फ्यान्डाङ्गो एट होम, भेरिजोन फियोस र प्रमुख केबल प्रदायकहरूमा रिलिज हुनेछ, साथै थप प्लेटफर्ममा पनि आउनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More