― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsबद्री कुन्ता मेमोरियल यू–१६ फुटबलको उपाधिका लागि सहारा क्लब र संघर्ष क्लब...

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबलको उपाधिका लागि सहारा क्लब र संघर्ष क्लब भिड्ने


राष्ट्रिय

समाचार.

  • बद्री कुन्ता मेमोरियल यू-१६ फुटबल प्रतियोगीतामा सहारा युवा क्लब पहलमानपुर फाइनलमा प्रवेश गरेको छ ।
  • सहारा युवा क्लबले दोस्रो सेमिफाइनलमा गौरीगंगा ११ स्पोटर्स क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा पुगेको हो।
  • फाइनलमा सहारा युवा क्लब पहलमानपुरले संघर्ष युवा क्लब गोदावरीसँग उपाधिका लागि खेल्नेछ।

२४ पुस, काठमाडौं । धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा सहारा युवा क्लब पहलमानपुर फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा गौरीगंगा ११ स्पोटर्स क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै सहारा फाइनलमा पुगेको हो । सहारा युवा क्लब पहलमानपुरले अब उपाधिका लागि शनिबार संघर्ष युवा क्लब गोदावरीसँग खेल्नेछ ।

धनगढी रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलको ९० मिनेटभित्रै कुनैपनि टोलीले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । जहाँ सहारा युवा क्लब ५–४ ले विजयी भयो ।

खेलमा सहारा क्लबका दिपेश शाही म्यान अफ दी म्याच चुनिँदै नगद एक हजार र ट्रफी जित्न सफल भए ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा संघर्ष युवा क्लब गोदावरीले बागमारा स्पोटर्स क्लबलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी थिए ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।

साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद सहित ट्रफी प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More