― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsबढ्ने भए एमाले महाधिवेशन प्रतिनिधि – KhabarHost

बढ्ने भए एमाले महाधिवेशन प्रतिनिधि – KhabarHost



४ मंसिर, काठमाडौ । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड संशोधन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मापदण्ड संशोधन गर्दै कार्यकर्ताहरूबाट चयन भएर आउने प्रतिनिधि संख्या बढाउने निर्णय गरेको हो ।

यसअघि एमालेले १२ सय सदस्यलाई आधार मानेर ४ जना प्रतिनिधि चयन गर्ने र थप ८ सय सदस्य बराबर एक जना प्रतिनिधि थप्दै लैजाने निर्णय गरेको थियो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार संशोधित मापदण्ड बमोजिम अब शेष संख्या ५० प्रतिशत कटे थप एक जना प्रतिनिधि बढी आउनेछन् ।

‘शेषमा ५० प्रतिशत कटेको छ भने थप एक प्रतिनिधि पाउने भयो,’ बैठक पछि ज्ञवालीले भने, ‘मानौं– १२ सयसम्म हाम्रो थ्रेसहोल्ड भयो । थप ८ सय भएपछि थप एक जना प्रतिनिधि भनेका थियौं । तर अब १६०१ एक भए पनि थप एक जना पाउनेगरी निर्णय गरेका छौ ।’

एमालेले प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीबाट पनि दुई महिला सहित ५/५ जना प्रतिनिधि थप गर्ने निर्णय गरेको छ ।

यस्तै, उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गत एघार वटा विशेष जिल्ला कमिटीबाट पनि एक जना प्रतिनिधि ४० वर्ष मुनिका युवा चयन हुने भएको छ ।

एमालेका प्रतिनिधि चयन मापदण्डले कार्यकर्ताको सर्वोच्चतालाई अवमूल्यन गरेके रिर्पोट अनलाइनखबरमा प्रकाशित भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More