― Advertisement ―

‘फ्लेमिङ चाइना’ ह्याकरले चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरबाट १० पेटाबाइट उन्नत सैन्य डाटा चोरेको दाबी गरेको छ जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याक हो।

'FlamingChina' claimes 10PB of data was stolen from the सुपर कम्प्यूटरसुपर कम्प्यूटर धेरै सैन्य र नागरिक निकायहरु द्वारा प्रयोग गरिएको थियोडेटा को नमूनाहरु विमान,...
Homeराष्ट्रिय समाचारबञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ – KhabarHost

बञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ – KhabarHost



काठमाडौं । मन्त्री कुलमान घिसिङ काठमाडौंको फोहोर बिसर्जनस्थल बञ्चरेडाँडा पुगेका छन् । विगतमा सरकारसँग भएका १८ बुँदे सहमति पूरा नभएको भन्दै स्थानीयले फोहोर बिसर्जनमा अवरोध गरेपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आज बिहानै बञ्चरेडाँडा पुगेका हुन् ।

स्थानीयले गत बुधबारदेखि बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो । शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।

शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङ आज बिहानै बञ्चरेडाँडा पुगेका हुन् । उनले त्यहाँका स्थानीयका प्रतिनिधिसँग छलफल गर्दै समस्या समाधानको पहल गर्ने उनको सचिवालयले जनाएको छ ।





Read More