― Advertisement ―

युरोप प्राविधिक सार्वभौमसत्ता चाहन्छ तर के यो यथार्थवादी हो?

उच्च भूराजनीतिक तनाव र राष्ट्रिय सुरक्षा सरोकारको बीचमा डिजिटल सार्वभौमसत्ता सबैको ओठमा छ। युरोपका लागि, यसमा संयुक्त राज्य अमेरिकासँगको नियामक र सुरक्षा तनाव, साथै...
HomeLatest newsबंगलादेशी फिल्ममा प्रमोद अग्रहरिको डेब्यू, ‘शार्क’ को शीर्ष भूमिकामा देखिए

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरिको डेब्यू, ‘शार्क’ को शीर्ष भूमिकामा देखिए


राष्ट्रिय

समाचार.

  • अभिनेता प्रमोद अग्रहरिले बंगलादेशको बिगबजेट फिल्म ‘हाङ्गोर’ मा शीर्ष भूमिकामा अभिनय गरेका छन्।
  • फिल्म ‘हाङ्गोर’ बंगाली भाषामा निर्माण भएको छ र हिन्दी तथा अंग्रेजी भाषामा विदेशमा रिलिज गर्ने तयारी छ।
  • अग्रहरिले नेपाली कलाकारले बंगलादेशजस्तो उदीयमान फिल्म उद्योगमा पाइला अघि बढाउनु खुसीको कुरा भएको बताए।

काठमाडौं । अभिनेता प्रमोद अग्रहरिको फिल्म करिअर नेपालबाहिर फैलिन थालेको छ । घरेलु फिल्मका यी लोकप्रिय अभिनेताले छिमेकी मुलुक बंगलादेशको फिल्म उद्योगमा डेब्यू गरेका छन् ।

उनले त्यहाँको बिगबजेटको फिल्म ‘हाङ्गोर’ मा शीर्षमध्येको भूमिका निर्वाह गरेका छन् । ‘हाङ्गोर’ को अर्थ नेपालीमा शार्क माछा भन्ने हुन्छ । बदलाको कथामा आधारित यो फिल्ममा उनी ‘शार्क’ कै भूमिकामा छन् ।

निर्माताले सामाजिक सञ्जाल पृष्ठबाट फिल्मको एक टिजर पोस्टर सार्वजनिक गर्दै विहिबार पहिलो झलक आउने जनाएका छन् । उक्त पोस्टरमा अग्रहरिलाई देख्न सकिन्छ, उनी एक्सन अवतारमा चित्रित छन् ।

तनमोय सुर्जो निर्देशित फिल्ममा अग्रहरिसहित तमिना अथोई, अर्नब खान लगायतको अभिनय छ । बंगाली भाषामा निर्माण भएको फिल्मलाई हिन्दी र अंग्रेजी भाषासहित विदेशमा समेत रिलिज गर्ने तयारी छ ।

अग्रहरिले नेपालमा पनि रिलिज गर्न पहल गर्ने बताए । ‘नेपाली कलाकारले बंगलादेशजस्तो उदीयमान फिल्म इन्डष्ट्रिमा पाइला अघि बढाउनु हाम्रो लागि खुसीको कुरा हो’ अहिले काठमाडौंमा रहेका अग्रहरिले अनलाइनखबरसँग भने ।

उनले अन्य बंगलादेशी फिल्मबाट समेत प्रस्ताव आएको बताए । सबै कुरा ठीकठाक भए उनले चाँडै एक हिन्दी भाषाको फिल्ममा समेत अभिनय गर्नेछन् । यद्यपि, यसले औपचारिकता पाउन बाँकी छ ।

‘रावायण’ गर्दागर्दै प्रमोदलाई बंगलादेशबाट फिल्मको अफर आएको थियो । त्यसपछि बंगलादेशमा उत्पन्न राजनीतिक परिस्थितीको कारण उनी तत्काल त्यहाँ जान पाएनन् । उनले हालै ‘शार्क’ को छायांकन सकाएका थिए ।

सन् २०१३ मा ‘उमा’ बाट नेपाली फिल्ममा डेब्यू गरेका अग्रहरिले करिअरमा दुई दर्जन नेपाली फिल्ममा अभिनय गरेका छन् । बहुमुखी चरित्रमा आफूलाई जीवन्त तुल्याउन सक्नु अभिनेताको रुपमा उनको खुबी हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More