― Advertisement ―

‘म पक्का छु कि वास्तवमा हामीले वास्तवमा पाँच दिन काम गर्नुपर्दैन’ जुमका सीईओले परम्परागत कार्य तालिकाको अन्त्यको लागि आह्वान गरे – भन्छन् कि 3-दिनको...

"म एरिक युआन पाँच दिन काम गर्छु घोषणा गर्दछहामीले पाँच वर्ष भित्र तीन-दिनको काम गर्ने हप्तालाई सामान्य बन्न देख्न सक्छौंजुमको हाइब्रिड कार्य नीतिहरू पनि...
HomeLatest newsबंगलादेशमा भएको युवकको हत्याविरुद्ध जनकपुरमा प्रदर्शन

बंगलादेशमा भएको युवकको हत्याविरुद्ध जनकपुरमा प्रदर्शन



६ पुस, काठमाडौं । बंगलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै बंगलादेश सरकारको प्रतिकात्मक पुत्ला जलाएको छ ।

प्रदर्शनमा सहभागी युवाहरूले बंगलादेश सरकारविरुद्ध नारावाजी गर्दै पुत्ला जलाएका थिए ।

युवाहरूले मुस्लिम आयोग नेपालमा खारेज गरिनुपर्ने माग समेत गरेका थिए ।

युवाहरूले बङ्गलादेशमा अल्पसंख्यक हिन्दुहरू असुरक्षित रहेको र निर्मम हत्या हुँदा पनि सरकारले अपराधीहरूमाथि कारबाही नगरेको आरोप लगाएका छन् ।

कारबाही नभए ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।





Read More