― Advertisement ―

‘धेरै संस्थाहरूसँग AI लगानी समस्या छैन, तिनीहरूसँग डाटा समस्या छ’: नयाँ अध्ययनले चेतावनी दिन्छ कि पूर्वाधार मागहरू वास्तवमै एआईलाई पछाडि समातिरहेको हुन सक्छ।

कन्फ्लुएन्ट वा रिसर्चको बारेमा फर्महरू छन्। लगानीहरू - महत्वाकांक्षाहरू त्यहाँ छन्बरु, कम्पनीहरूले लिगेसी डेटा प्रणालीहरूसँग संघर्ष गरिरहेका छन्हामीलाई थाहा थिएन कि हामीलाई त्यसबेला निरन्तर...
HomeLatest newsबंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन


राष्ट्रिय

समाचार.

  • बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ।
  • खालिदा जिया सन् १९९१ मा पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् र सन् २००१ मा पुनः प्रधानमन्त्री भइन्।
  • उनी भ्रष्टाचार मुद्दामा सन् २०१८ मा पाँच वर्षका लागि जेल परेकी थिइन् र लामो समयदेखि बिरामी थिइन्।

१५ पुस, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज (मंगलबार) बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ ।

बीएनपीले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे निधन भएको छ ।’

२५ डिसेम्बरमा खालिदाका छोरा तारिक रहमान १७ वर्षपछि लण्डनबाट ढाका फिर्ता भएका थिए । उनी स्वदेश फर्किएको पाँच दिनपछि खालिदाको निधन भएको हो ।

खालिदा पछिल्ला केही महिनादेखि बिरामी थिइन् । ढाकाको इभरकेयर अस्पतालमा उनको उपचार भइरहेको थियो । खालिदा चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय थिइन् । पतिको हत्यापछि उनले बीएनपीको नेतृत्व सम्हालेकी थिइन् ।

सन् १९८१ मा जियाउर रहमान बंगलादेशका राष्ट्रपतिमा बहाल रहेकै बेला हत्या भएको थियो । खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

त्यसपछि उनी सन् २००१ मा सत्तामा फर्किएकी थिइन् । सन् २००६ सम्म खालिदाले सरकारको नेतृत्व गरेकी थिइन् ।

बीएनपीले बंगलादेशमा सम्पन्न पछिल्ला तीन निर्वाचन बहिष्कार गरेको थियो । सन् २०२४ मा तत्कालीन प्रधनमन्त्री शेख हसिनाविरूद्ध सुरू भएको विद्यार्थी आन्दोलनलाई खालिदाले समर्थन गरेकी थिइन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More