― Advertisement ―

जहाँबाट पनि मर्डर लाइन अनलाइन कसरी हेर्ने – यो *नि:शुल्क* छ

द मर्डर लाइन (उत्तर अमेरिकामा द बोर्डरलाइन भनेर पनि चिनिन्छ) अन्ततः बेलायतका दर्शकहरूका लागि उपलब्ध छ। यो छ-एपिसोड सीमित अपराध नाटक क्यानाडाको हजार टापु...
HomeLatest newsबंगलादेशका विद्यार्थी नेता हादीको हत्या अभियोगमा १७ जनाविरुद्ध मुद्दा

बंगलादेशका विद्यार्थी नेता हादीको हत्या अभियोगमा १७ जनाविरुद्ध मुद्दा


राष्ट्रिय

समाचार.

  • बंगलादेशका विद्यार्थी नेता शरिफ उस्मान हादीको हत्या अभियोगमा ढाका प्रहरीले १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
  • ढाका प्रहरीले हादीलाई गोली हान्ने शुटर दाउद भनिने फैजल करीम मसूद भएको दाबी गरेको छ।
  • गत डिसेम्बर २०२५ मा हादीमाथि गोली प्रहार भएको थियो र उनको मृत्यु सिंगापुरमा भएको थियो।

२२ पुस, काठमाडौं । बंगलादेशका विद्यार्थी नेता शरिफ उस्मान हादीको हत्या अभियोगमा ढाका प्रहरीले १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

ढाकाको महानगरीय प्रहरी (डीएमपी) ले इन्कलाब मञ्चका संयोजक समेत रहेका हादीको हत्या अभियोगमा १७ जनाविरुद्ध अभियोजन पत्र दायर गरेको हो ।

बीबीसी बांग्लाका अनुसार मंगलबार डीएमपीले पत्रकार सम्मेलन आयोजना गर्दै हादीको हत्या राजनीतिक बदलाको नतीजा भएको बताएको छ ।

साथै ढाका प्रहरीले हादीलाई गोली हान्ने शुटर दाउद भनिने फैजल करीम मसूद भएको दाबी गरेको छ । घटनापछि अवामी लिगका नेता ताइजुल इस्लाम चौधरी बप्पीले हादीलाई गोली हान्ने शुटर दाउद र उनका साथीलाई भगाउन मद्दत गरेको ढाका प्रहरीको भनाइ छ ।

विभिन्न ठाउँका सीसीटीभी फुटेज, हतियार र गोलीको फरेन्सिक परीक्षणपछि अभियुक्तहरूको पहिचान गरिएको ढाका प्रहरीले जनाउको छ ।

गत डिसेम्बर २०२५ मा राजधानी ढाकामै हादीमाथि गोली प्रहार भएको थियो । गोली लागेर गम्भीर घाइते भएका हादीको थप उपचारका क्रममा सिंगापुरमा मृत्यु भएको थियो ।

हादीको हत्यापछि बंगलादेशमा पुन: हिंसा र प्रदर्शनको सिलसिला सुरु भएको छ । हादी सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनका अगुवा नेता थिए ।

सोही आन्दोलनले शेख हसिना नेतृत्वको सरकार अपदस्थ गरेको थियो । हादी आगामी फेब्रुअरीमा हुने भनिएको आम चुनावमा उम्मेदवार बन्ने तयारीमा थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More