― Advertisement ―

‘उत्पादन र रचनात्मकता अलग साइलोमा बस्नु हुँदैन’: किन क्यानभाको एआई पुश यसको लोकतान्त्रिक डिजाइनको मूल सिद्धान्तहरू भन्दा फरक छैन

दशकौंदेखि, काम र रचनात्मकतालाई अलग-अलग मापन गरिएको छ। उत्पादकता उपकरणहरू जस्तै स्प्रेडसिट र कागजातहरू दक्षताका लागि बनाइएका थिए, जबकि रचनात्मकता अन्य ठाउँमा विशेषज्ञ...
HomeLatest newsफ्लोरिडामा भेटेपछि ट्रम्प र जेलेन्स्कीले भने– वार्ता ‘उत्कृष्ट’ र ‘शानदार’

फ्लोरिडामा भेटेपछि ट्रम्प र जेलेन्स्कीले भने– वार्ता ‘उत्कृष्ट’ र ‘शानदार’



१४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्लोरिडामा भएको भेटवार्तालाई ‘उत्कृष्ट’ र ‘शानदार’ भनेका छन् ।

जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा करिब ९० प्रतिशत सहमति भइसकेको छ । ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषय पनि करिब ९५ प्रतिशतसम्म टुंगिएको बताएका छन्।

तर अमेरिकी राष्ट्रपतिले ‘एक–दुई अत्यन्तै जटिल विषय’ अझै बाँकी रहेको पनि बताएका छन् । उनका अनुसार जमिन (भू–भाग) सम्बन्धी प्रश्न सबैभन्दा कठिन बनेको छ ।

ट्रम्पले डोनबासमा फ्री–ट्रेड जोन स्थापना गर्ने विषयमा भने अहिलेसम्म सहमति हुन नसकेको बताए ।

प्रेस कन्फरेन्सका क्रममा एक पत्रकारले युक्रेनको पुनर्निर्माणमा रुसको पनि कुनै जिम्मेवारी हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थिए । यसको जवाफमा ट्रम्पले रुसले यसमा सहयोग गर्ने बताए । उनले भने, ‘रुस चाहन्छ कि युक्रेन सफल होस् ।’

ट्रम्पका अनुसार युक्रेनको सफलता हेर्ने चाहनामा पुटिन निकै उदार देखिएका छन् । उनले यसमा ‘धेरै सस्तो मूल्यमा ऊर्जा, बिजुली र अन्य वस्तुको आपूर्ति’ पनि समावेश रहेको बताए ।

यद्यपि ट्रम्पले पुटिन युद्धविराममा सहमत नहुनुको कारण पनि उल्लेख गरे । उनका अनुसार पुटिन लडाइँ रोकेर पछि फेरि सुरु गर्न चाहँदैनन् ।

युद्ध कहिलेसम्म समाप्त होला भन्ने प्रश्नमा ट्रम्पले यो ‘केही हप्ताभित्र’ हुन पनि सक्ने र नहुन पनि सक्ने बताए । उनले भने, ‘केही हप्तामा हामीलाई थाहा हुनेछ कि यो एक दिशातिर अघि बढ्छ कि अर्कोतिर ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More