― Advertisement ―

पेन्टागनले एक हाइपरसोनिक मिसाइल चाहन्छ जसले दुश्मनको रक्षालाई पछाडि छोड्न सक्छ र आफ्नो लक्ष्यमा पुग्नु अघि हजारौं माइल यात्रा गर्न सक्छ।

बढ्दो उच्च क्षमताको मिसाइल चाहिन्छ। परिष्कृत शत्रुको हवाई प्रतिरक्षानयाँ कार्यक्रमले दायरा, गति, र अस्तित्वमा ठूलो लाभ खोज्छरूसको जिरकोनले वाशिंगटनलाई अवस्थित हाइपरसोनिक क्रूज मिसाइल बेन्चमार्क...
HomeLatest newsफागुन २१ मा चुनाव हुन नसक्ने दुर्गा प्रसाईंको दाबी

फागुन २१ मा चुनाव हुन नसक्ने दुर्गा प्रसाईंको दाबी


फाइल फोटो


राष्ट्रिय

समाचार.

  • राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गरेका छन्।
  • प्रसाईंले अहिलेको सरकारमा रहेका सबै भ्रष्टाचारी भएको र विगतको भन्दा फरक नरहेको आरोप लगाए।
  • उनले मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरी माग पूरा नभए आन्दोलन गर्ने बताए।

१३ मंसिर, काठमाडौं ।  राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर शनिबार प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गरेका हुन् ।

उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी नै भएको आरोप लगाए । उनले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर जिकिर गरे ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको आरोप लगाउनु हुँदै उनले आफूले हालसम्म कुनैपनि भ्रष्टाचार र अनियमितता नगरेको दाबी गरे ।

‘चुनाव नै हुँदैन । चुनाव नहुने क्लियर छ । अहिलेको सरकारको नेतृत्वमा रहेकाहरुको पनि जात एउटै हो । विगतका सरकार भन्दा फरक छैन । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको रहेछ । केको भ्रष्टाचारविरोधी ? मैले कुनै अनियमितता गरेको छैन,’ उनले भने ।

उनले मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्ना मागहरुसहित भेटवार्ता गर्ने बताए । २२ गते प्रधानमन्त्रीसँगको वार्तापछि सरकारले आफूहरुका माग सम्बोधन गर्नेमा आधा मात्रै विश्वस्त रहेको बताउँदै माग पूरा नभए आन्दोलन हुने बताए । आफ्नो माग जायज भएको उनको तर्क छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More