― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsफाइबर र पोषणले भरिपूर्ण सागपात, धेरै खाए के हुन्छ ? – KhabarHost

फाइबर र पोषणले भरिपूर्ण सागपात, धेरै खाए के हुन्छ ? – KhabarHost


अघुलनशील फाइबरले मललाई नरम बनाउँछ, दिसा नियमित गर्छ र कब्जियत, ग्यास, पेट फुल्ने समस्या कम गर्छ ।

राष्ट्रिय

समाचार.

  • हरियो सागपातमा पाइने फाइबरले पाचन प्रणाली सफा राख्छ, गुड ब्याक्टेरिया बढाउँछ र समग्र स्वास्थ्य सुधार्छ।
  • फाइबर दुई प्रकारको हुन्छ, घुलनशीलले रगतमा चिनी नियन्त्रण गर्छ र अघुलनशीलले कब्जियत रोक्छ र आन्द्रा सफा राख्छ।

एउटा पुरानो भनाइ छ, ‘सागपात खाऊ, तागत आउँछ, आँखा तेजिलो हुन्छ ।’

बुढापाकाहरूले यो कुरा बारम्बार दोहोर्‍याउँथे । बच्चाहरूलाई कर गरेर भए पनि हरियो सागपात खुवाउँथे । उनीहरूले वैज्ञानिक किताब पढेका थिएनन्, सुनेका थिएनन् । तर अनुभवबाट बुझेका थिए कि हरियो पातमा स्वास्थ्यको रहस्य लुकेको छ ।

आजको आधुनिक पोषण विज्ञानले पनि त्यही कुरा पुष्टि गर्छ । विज्ञहरू भन्छन्, ‘स्वस्थ रहन हरियो सागपातलाई दैनिक आहारको महत्वपूर्ण हिस्सा बनाउनुहोस् ।’

किन यति जोड हरियो हुन्छ सागपात ?

किनकि, यसमा पाइने फाइबर नै मुख्य रहस्य हो । फाइबरले पाचन प्रणालीलाई सफा राख्छ, गुड ब्याक्टेरियालाई बुस्ट गर्छ, मुटुको स्वास्थ्य सुधार्छ, मधुमेह नियन्त्रण गर्छ, तौल घटाउँछ र समग्र शरीरलाई तागतिलो बनाउँछ ।

फाइबर के हो त ?

फाइबर वनस्पतिजन्य खाद्य पदार्थमा पाइने कार्बोहाइड्रेटको एक विशेष प्रकार हो । यो सामान्य कार्बोहाइड्रेट (जस्तै चिनी वा स्टार्च) जस्तो होइन, किनकि हाम्रो पाचन प्रणालीले यसलाई पूर्णरूपमा पचाउन सक्दैन ।

पोषणविद् प्रतिमा सेनका अनुसार सामान्य कार्बोहाइड्रेटहरू शरीरमा पचेर ऊर्जा दिन्छन्, तर फाइबर पच्न नसकी आन्द्राबाट बाहिर निस्कन्छ । यही विशेषताले फाइबरले पाचन प्रक्रिया ‘क्लिनर’ बनाउँछ । फाइबरलाई धेरैले पोषक तत्वको रूपमा मान्दैनन् । किनकि, यो शरीरमा पच्दैन र प्रत्यक्ष ऊर्जा दिँदैन । तर यो नै यसको सबैभन्दा ठूलो विशेषता हो ।

पोषणविद् सेनका अनुसार फाइबर हाम्रो पाचन इन्जाइमले पचाउन सक्दैन, त्यसैले यो आन्द्रासम्म पुगेर बाहिर निस्कन्छ । तर यही प्रक्रियामा यसले अरू खानेकुरालाई पचाउन ठूलो सहयोग गर्छ । अघुलनशील फाइबरले मलको मात्रा बढाएर आन्द्राको गति सहज बनाउँछ र कब्जियत रोक्छ । घुलनशील फाइबरले जेल बनाएर चिनी र बोसोको अवशोषणलाई नियन्त्रण गर्छ ।

फाइबरले पेट सफा राख्छ, विषाक्त पदार्थ बाहिर फाल्छ र राम्रा ब्याक्टेरियालाई खाना दिएर इम्युनिटी बढाउँछ । ‘फाइबर आफैँ पच्दैन, तर यसले पाचन प्रणालीलाई व्यवस्थित राखेर सम्पूर्ण खानाको पोषण उपयोग गर्न मद्दत गर्छ । यसलाई पाचनको क्लिनर र सहायक’ भन्न सकिन्छ’ पोषणविद् सेन भन्छिन् ।

परम्परागत रूपमा प्रोटिन, बोसो र कार्बोहाइड्रेटलाई मुख्य पोषक तत्व मानिन्छ, किनकि तिनले ऊर्जा दिन्छन् । फाइबरले प्रत्यक्ष ऊर्जा दिँदैन, त्यसैले यसलाई ‘ऊर्जा नदिने पोषक तत्व’ भन्न सकिन्छ । तर आधुनिक पोषण विज्ञानले फाइबरलाई अत्यावश्यक आहारिक तत्व मान्ने सेनको भनाइ छ । ‘फाइबर बिना पाचन प्रणाली, रगतमा चिनीको सन्तुलन, कोलेस्टेरोल नियन्त्रण र समग्र स्वास्थ्य सन्तुलित हुन सक्दैन । यो सफाइ र सहयोगीको भूमिकामा हुन्छ ।

फाइबर मुख्यतः दुई प्रकारका हुन्छन् ।

घुलनशील फाइबर

पानीमा घुल्छ र जेलजस्तो पदार्थ बनाउँछ । यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ र खराब कोलेस्ट्रोल घटाउँछ । उदाहरणः ओट्स, स्याउ, सुन्तला, दालहरू।

अघुलनशील फाइबर

पानीमा घुल्दैन, मलको मात्रा बढाएर आन्द्राको गति सहज बनाउँछ । यसले कब्जियत रोक्छ र पेट सफा राख्छ ।

धेरैजसो सागपातमा दुवै प्रकारका फाइबर मिसिएको हुन्छ, तर हरियो साग (पालुङ्गो, रायोको साग, ब्रोकाउली, मेथी) मा अघुलनशील फाइबर बढी हुन्छ । यही कारण पुरानो पुस्ताले हरियो सागपातलाई विशेष महत्व दिएको पाइन्छ । फाइबरको फाइदा केवल पेट सफा गर्नेमा सीमित छैन । यसले शरीरका धेरै प्रणालीलाई प्रभाव पार्छ ।

पाचन प्रणालीको सफाइ र सुधार

पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेलका अनुसार फाइबरले पेटलाई ‘क्लिनर’को काम गर्छ । अघुलनशील फाइबरले मललाई नरम बनाउँछ, दिसा नियमित गर्छ र कब्जियत, ग्यास, पेट फुल्ने समस्या कम गर्छ । यही कारण पुरानो पुस्ताले सागपातलाई महत्व दिनुको मुख्य कारण रहेको उनी बताउँछन् ।

कब्जियत रोक्छ

फाइबरले पानी सोस्दै मललाई नरम र ठूलो बनाउँछ, जसले आन्द्राबाट सजिलै बाहिर निस्कन्छ । पुरानो कब्जियतले पाइल्स, फिसर जस्ता गम्भीर समस्या निम्त्याउछ, फाइबरले यो जोखिम घटाउँछ । डा. पौडेलका अनुसार ‘धेरैजसो पेटका रोगहरूको जरा कब्जियत हो । फाइबरयुक्त आहारले ८० प्रतिशत पेटका सामान्य समस्या आफैं समाधान हुन्छ । हरियो सागपात जस्ता फाइबरका स्रोत दैनिक खाँदा पेट कहिल्यै खराब हुँदैन ।

गुड ब्याक्टेरियालाई बुस्ट गर्छ

विज्ञ भन्छन्, ‘पेट शरीरको स्वास्थ्यको इपिसेन्टर हो । स्वस्थ पेट भए दिमाग पनि स्वस्थ रहन्छ । अनि, पेट स्वस्थ बनाउने प्रमुख तत्व हो, फाइबर ।’ एउटा उखानै छ ‘पेट खराब त दिमाग खराब’ । यसको मतलब हो, सुपाच्य खानेकुरा खाइएन भने पेट सन्चो गर्दैन, कब्जियत, ग्यास, पेट फुल्ने, एसिडिटी जस्ता समस्याले दैनिकी नै प्रभावित गर्छ ।

तर यी सबैको मुख्य कारण पाचन प्रणालीको असन्तुलन हो, र यसको सबैभन्दा ठूलो समाधान हो, फाइबर । फाइबरले पेटलाई खराब हुनबाट बचाउँछ र स्वस्थ राख्छ ।

डा. पौडेल भन्छन्, ‘घुलनशील फाइबर राम्रा जीवाणुहरूका लागि ‘प्रिबायोटिक’ को काम गर्छ । यी गुड ब्याक्टेरियाले खानालाई पचाउँछन्, इम्युनिटी बढाउँछन् र भिटामिनहरू बनाउँछन् । पेटमा राम्रा ब्याक्टेरिया बढी भए दिमाग पनि स्वस्थ हुन्छ ।

अन्य फाइदा

फाइबरले खानापछि रगतमा चिनी बिस्तारै बढाउँछ । टाइप–२ मधुमेहको जोखिम घट्छ । त्यस्तै, फाइबरले पेट लामो समय भरिएको महसुस गराउँछ । अनावश्यक खाना कम हुन्छ, क्यालोरी नियन्त्रणमा रहने पोषणविद् सेन बताउँछिन् ।

धेरै अध्ययनहरूले नियमित फाइबरले आन्द्रा सफा राख्छ र कोलोन क्यान्सरको जोखिम घटाउँछ ।

मासु पचाउन पनि फाइबर आवश्यक

मासुमा प्रशस्त प्रोटिन हुन्छ, तर फाइबर हुँदैन । मासु धेरै खाँदा प्रोटिन पचाउन गाह्रो हुन्छ र कब्जियतको समस्या बढ्छ । मासुको प्रोटिन पचाउन पनि फाइबर चाहिने डा. विधाननिधि पौडेल बताउँछन् । ‘मासुमा फाइबर नहुँदा पाचन ढिलो हुन्छ र विषाक्त पदार्थ आन्द्रामा जम्छ’ डा.पौडेल भन्छन् ।

नेपाली परम्परामा मासुको झोल वा तरकारीमा हरियो सागपात हाल्नुको वैज्ञानिक कारण यही रहेको डा.पौडेलको भनाइ छ । ‘मासुको झोलमा साग हाल्नुको कारण यही हो । खसीको झोलमा पालुङ्गो हाल्दा मिठो मात्र होइन, स्वस्थ पनि हुन्छ ’ डा.पौडेल भन्छन् ।

सागपातको फाइबरले मासुको बोसो र प्रोटिन पचाउन सहयोग गर्छ, पेट सफा राख्छ र पोषण सन्तुलित बनाउँछ । मासु खाँदा सधैँ सागपात मिसाउन डा. पौडेलको सुझाव छ । ‘यो मिठो मात्र होइन, स्वास्थ्यका लागि अत्यावश्यक पनि छ’ उनी भन्छन् ।

फाइबर धेरै खाँदा के हुन्छ ?

वयस्कलाई दैनिक २५–३८ ग्राम फाइबर चाहिन्छ (महिलालाई २५ ग्राम, पुरुषलाई ३८ ग्राम) । तर अचानक धेरै फाइबर खाँदा ग्यास भरिने वा पेट दुख्न सक्छ । त्यसैले, पानी प्रशस्त पिउनु जरुरी छ, नत्र फाइबरले उल्टो समस्या निम्त्याउन सक्ने प्रतिमा बताउँछिन् ।

सागपात कसरी पाकाउने ?

सागपात धेरै पकाउँदा भिटामिन र फाइबरको गुणस्तर घट्छ । त्यसैले मासु वा अन्य तरकारीमा मिसाएर पकाउँदा साग सुरुमै हाल्न हुँदैन । पोषणविद् सेनका अनुसार तरकारी वा मासुको ग्रेभी पाक्न लाग्दा अन्तिम ३–५ मिनेटअघि मात्रै काटेर मिसाउनुपर्छ । यसले साग हल्का क्रन्ची रहन्छ, फाइबर बच्छ र स्वाद बढ्छ ।

साग मात्र पकाउँदा के ध्यान दिने ?

१. धेरै बेर नधुने

साग काटिसकेपछि लामो समय पानीमा नडुबाउनुहोस् । बग्ने पानीले छिटो–छिटो धोएर पकाउनु राम्रो हुन्छ ।

२. धेरै नउमाल्ने

धेरै उमाल्दा भिटामिन नष्ट हुन्छन् ।

३. ढकनी लगाएर पकाउने

ढकनी खुला राखेर पकाउँदा पोषण बाफसँगै उड्छ, त्यसैले ढकनी लगाउनु उत्तम हुन्छ ।

४. थोरै पानी प्रयोग गर्ने

धेरै पानी हाल्दा पोषण पानीमै घुल्छ । आवश्यक मात्र पानी प्रयोग गर्नुहोस् ।पालुङ्गो, रायोको साग, तोरीको साग, ब्रोकाउली, मेथी, चम्सुर जस्ता हरियो सागपातमा अघुलनशील फाइबर प्रशस्त हुन्छन् । त्यसमा पनि रायोको सागमा प्रोटिन पनि बढी हुन्छ।

नेपालमा घरमै रोपेर ताजा सागपात खान सकिन्छ । बजारको सागमा कीटनाशक हुन सक्छ, घरको जैविक साग स्वस्थकर हुन्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More