― Advertisement ―

कसरी भौतिक एआई प्रभावकारी रूपमा तैनात गर्ने

आजको धेरै जसो उद्यम AI अझै पनि क्लाउड डाटासेन्टरको सीमा भित्र काम गर्दछ।यसले विश्लेषण वा निजीकरण जस्ता डिजिटल कार्यहरू राम्ररी ह्यान्डल गर्छ, तर टेल...
HomeLatest newsप्रोटोन इमासको विशेष एक्स्चेन्ज अफर पोखरामा – KhabarHost

प्रोटोन इमासको विशेष एक्स्चेन्ज अफर पोखरामा – KhabarHost


राष्ट्रिय

समाचार.

  • जगदम्बा मोटर्सले प्रोटोन इमास ब्रान्डको इलेक्ट्रिक सवारीको लागि पोखरामा ७, ८ र ९ पुसमा विशेष एक्स्चेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ।
  • कार्यक्रम पोखरास्थित सिटी स्क्वायर ब्यान्क्वेट एन्ड रेस्टुरेन्ट, न्यूरोडमा आयोजना हुनेछ र ग्राहकले विद्यमान सवारी एक्स्चेन्ज गर्दा विशेष सेवा सुविधा पाउनेछन्।
  • प्रोटोन इमास ७ को मूल्य ४६.९९ लाखबाट सुरु हुनेछ र यसमा १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउन्ड क्लियरेन्स, एनईडीसी रेन्ज ४९२ र ५८५ रहेका छन्।

७ पुस, काठमाडौं । जगदम्बा मोटर्स अन्तर्गत सञ्चालन हुने इलेक्ट्रिक सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन इमासले पोखरामा विशेष एक्स्चेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पुस ७, ८ र ९ गते (डिसेम्बर २२, २३ र २४) गरी तीन दिन विशेष एक्स्चेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । पोखरास्थित सिटी स्क्वायर ब्यान्क्वेट एन्ड रेस्टुरेन्ट, न्यूरोडमा कार्यक्रम आयोजना हुने जगदम्बा मोटर्सले जनाएको छ ।

सो कार्यक्रममा विद्यमान सवारी साधन एक्स्चेन्ज गर्न चाहने ग्राहकले विशेष सेवा सुविधा समेत पाउने छन् । प्रोटोन इमासका प्रमुख विशेषता, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी समेत प्रदान गरिने कम्पनीले जनाएको छ । एक्स्चेन्ज अफरमा प्रोटोन इमास ७ को मूल्य ४६.९९ लाखबाट सुरु हुनेछ ।

प्रोटोन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मीमी ग्राउन्ड क्लियरेन्स तथा एनईडीसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१५ मीमी रहेको छ ।





Read More