― Advertisement ―

HomeLatest newsप्रिमियर लिगमा न्युकासलसँग चेल्सीको बराबरी – KhabarHost

प्रिमियर लिगमा न्युकासलसँग चेल्सीको बराबरी – KhabarHost


राष्ट्रिय

समाचार.

  • इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेड र चेल्सीले २-२ गोलको बराबरी खेलेका छन्।
  • न्युकासलका निक वोल्टमाडले खेलको पहिलो हाफमा दुवै गोल गरे।
  • चेल्सीका रीस जेम्स र जोआओ पेड्रोले दोस्रो हाफमा समान एक-एक गोल फर्काए।

५ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका भएको खेलमा न्युकासल युनाइटेड र चेल्सीले २-२ गोलको बराबरी खेलेका छन् ।

खेलको पहिलो हाफमै दुई गोलको अग्रता लिएको न्युकासलले अग्रता जोगाउन सकेन । दोस्रो हाफमा चेल्सीले २ गोल फर्काएको हो ।

न्युकासलका लागि निक वोल्टमाडले दुवै गोल गरेका थिए । चेल्सीका रीस जेम्स र जोआओ पेड्रोले १-१ गोल गरे ।

खेलको चौथो मिनेटमा नै वोल्टमाडले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा उनैले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ४९औं मिनेटमा जेम्सले गोल गरे । ६६औं मिनेटमा पेड्रोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीपछि चेल्सी १७ खेलबाट २९ अंकसहित चौथो स्थानमा यथावत् छ । न्युकासल २३ अंकसहित ११औं स्थानमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More