राष्ट्रिय
समाचार.
- प्रगतिशील लोकतान्त्रिक पार्टीले देशभर भ्रष्टाचार विरोधी अभियान चलाउने निर्णय गरेको छ।
- पार्टीले जिएस गुरुङको नेतृत्वमा कार्यदल बनाउने र २१ फागुनमा प्रतिनिधि सभाको चुनाव गराउन आग्रह गरेको छ।
- सरकारलाई भ्रष्टाचार छानबिन, दोषीमाथि कारबाही र प्रवासी नेपालीको मतदान व्यवस्था मिलाउन माग गरेको छ।
१३ मंसिर, काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर भ्रष्टाचार विरोधी अभियान चलाउने निर्णय गरेको छ ।
भ्रष्टाचार विरोधी अभियान चलाउन जिएस गुरुङको नेतृत्वमा कार्यदल बनाउने निर्णय प्रलोपाको विस्तारित बैठकबाट भएको छ ।
कार्यदलमा जटिल कार्की, अमित खनाल ऊर्जा, सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चान र दिपक महतो लगायत छन् ।
बैठकले निर्धारित २१ फागुनमै प्रतिनिधि सभाको चुनाव गराउने वातावरण बनाउन सबै पक्षसँग आग्रह पनि गरेको अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोबले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
सँगै, सरकारलाई भ्रष्टाचारको छानबिन, जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीमाथि कारबाही, विदेशमा रहेका प्रवासी नेपालहरूलाई मतदानको व्यवस्था मिलाउनुपर्ने लगायतको माग पनि राखेको छ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

