― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
Home‘प्रधानमन्त्री–गृहमन्त्रीले गोली चलाउने आदेश दिँदैनन् तर नैतिक जिम्मेवारी हुन्छ’

‘प्रधानमन्त्री–गृहमन्त्रीले गोली चलाउने आदेश दिँदैनन् तर नैतिक जिम्मेवारी हुन्छ’



काठमाडौं । रमेश खरेल नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी हुन् । उनले जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनलाई कसरी लिएका छन् ? यति धेरै जनधनको क्षति हुनुको कारण के होला ? र, यसको जिम्मेवार को होला ?

यिनै विषयमा पूर्वडीआईजी रमेश खरेलसँग अनलाइनखबरले गरेको कुराकानी–

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यहाँ राज्यपक्षको भूमिकालाई कसरी लिनुभएको छ ?

जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग भएको छ । अन्तर्राष्ट्रिय अभ्यास, मानव अधिकार, सुरक्षा सिद्धान्तले पनि सकेसम्म कम बल प्रयोग गर्न भन्छ । मिनिमम युज अफ फोर्स इट्स सुड बी पर्पर्सोनेट भन्छ । तर जेनजी आन्दोलनमा सरकार पक्षबाट कुनै पनि हिसाबले त्यस्तो भएन । अन्तर्राष्ट्रिय नियम अनुसार भएन । पूर्वप्रहरीको हिसाबले पनि दु:ख लागेको छ । व्यक्तिगत रुपमा म पनि धेरै घटनाहरुमा धेरैपटक संलग्न भएँ । तर यति धेरै बल प्रयोग भएको थिएन ।

अत्यधिक क्षतिको कारण के होला ?

एउटा मुख्य कुरा त तत्कालीन प्रधानमन्त्री एउटा कारण हो । उहाँहरुको कुशासन हो । उहाँहरुको बेइमानी, उहाँहरुको भ्रष्टाचार, उहाँहरुको नातावाद, कृपावाद एउटा कारण हो । त्यो थपिँदै–थपिँदै विष्फोट भएको हो ।

मानवीय क्षतिलाई कसरी लिने ? तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई ताकिताकि गोली हान्ने आदेश थिएन भन्नुभएको छ । त्यस्तो हुन्छ ?

उहाँहरु जिम्मेवारीबाट पन्छिन मिल्दैन । तर सिधै आदेश दिने चाहिँ हुँदैन । बायस्ड भएर कुरा गर्नु छैन । मैले फेयर बोल्नुपर्छ । प्रधानमन्त्री, गृहमन्त्रीले गोली चलाउन आदेश दिँदैनन् । प्राक्टिसमा त्यस्तो हुँदैन । तर नैतिक जिम्मेवारी रहन्छ । मेरो अर्थमा उहाँ (केपी ओली) यो राष्ट्रको लागि ठूलो घातक मान्छे हो । उहाँमात्र होइन, देउवा, प्रचण्ड सबै । तर पार्टिकुलर केस (जेनजी आन्दोलन)मा उहाँको आदेश चाहिँ होइन है ।

तर प्रहरी उच्च अधिकृतहरुले त हामी आदेश पालक मात्र हो भनेर प्रधानमन्त्री, गृहमन्त्री, सिडियो लगायततिर संकेत गर्छन् नि ?

आन्दोलनमा गोली चल्छ । म आफैंले पनि विभिन्न ठाउँमा गोली चलाएको छु । म काठमाडौंको निमित्त प्रमुख हुँदा ऋतिक रोशन काण्ड हुँदा पनि गोली चलेको हो मेरो आदेशमा । तर मलाई कसैले आदेश दिएको थिएन । कतिपय कुरामा फिल्डमा रहेको मान्छेलाई संवेदनशीलता जति थाहा हुन्छ, त्यति कोठाभित्र बस्ने उच्च ओहोदाकालाई थाहा हुँदैन । उनीहरुको आदेशले मात्र हुँदैन, फिल्डमा भएको कमाण्डरले विवेक प्रयोग गर्छ ।

प्रधानमन्त्री, गृहमन्त्रीले दमन गरेको भनेर उजुरी परेको छ नि ?

त्यसमा छानबिन होला, हुनु पनि पर्छ । छानबिन पछि को कति जिम्मेवार छ भन्ने कुरा आउला ।

नैतिक जिम्मेवारी त रहन्छ नि उहाँहरुको ?

हन्ड्रेड पर्सेन्ट । नैतिक जिम्मेवारी हुन्छ। उहाँ कार्यकारी प्रमुख भएको हुनाले उहाँको नैतिक जिम्मेवारी हुन्छ । उहाँकै कारणले भएको त हो नि त्यो । उहाँहरुकै गतिविधिको फल त हो नि । उहाँमात्र होइन, उहाँभन्दा अगाडिका शासकहरु, भ्रष्टाचारीको कारणले भाको त हो नि यो ।

तर उहाँहरुले त मेरो कारण यस्तो भएको होइन भनेर राजनीतिक भाषण गरिरहनु भएको छ नि ?

यो वाइहात कुरा हो । उहाँहरुको त आफू सफल भयो भने त्यसको क्रेडिट आफूले लिने, असफल भयो भने अरुलाई ब्लेम गर्ने । यही त हो नि बेइमानहरुले गर्ने । त्यसमा केपी ओली एउटा पर्नुहुन्छ ।

उहाँहरुमाथि छानबिन हुनुपर्छ भन्न खोज्नु भएको हो ?

छानबिन उहाँहरुमाथि हुनुपर्छ । त्यतिमामात्र होइन, उहाँहरुको कारणले अहिलेको दिनमा नेपालीहरु विदेश जान बाध्य भएका छन् । यहीँ वातावरण राम्रो भएको भए यहीँ बस्थे नि । त्यो एक प्रकारले मानवतस्करी पनि हो । प्रत्यक्ष संलग्न हुनुपर्दैन । त्यसैले यसमा पनि कानुनको दायरामा आउनुपर्छ । अहिले हामी यतिमा (जेनजी आन्दोलनमा) मात्र केन्द्रित भइरहेका छौं । अरुअरु कुरामा पनि उहाँहरु जिम्मेवार हुनुहुन्छ ।

तपाईंको मतलव तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सीडीओहरु पनि कारबाहीको भागी हुनुहुन्छ ?

एकदम । उहाँहरु कारबाहीको भागी हुनुहुन्छ ।

उहाँहरुमाथि कस्तो खालको कारबाही हुन्छ जस्तो लाग्छ ?

कस्तो खालको कारबाही हुन्छ भन्न त अनुसन्धान हुनुपर्छ । म अनुसन्धान अधिकृत त होइन तर आग्रह पूर्वाग्रह नराखिकन, तथ्य प्रमाणको आधारमा कारबाही सिफारिस होला । कारबाही सिफारिस गर्दा पनि त्यसको क्याटेगोरी हुन्छ । एउटै कसुरमा पनि विभिन्न अभियोगहरु लाग्छ नि, हो त्यस्तो । त्यसैले उहाँहरु कारबाहीबाट पन्छिन मिल्दैन ।

जेनजी आन्दोलनको जाँचबुझ आयोग बनेको छ । यसलाई कसरी लिनु भएको छ ?

कानुनी रुपमा उहाँहरुको केही हैसियत हुँदैन । उहाँले सल्लाह, सुझाव, राय दिन सक्नुहुन्छ । यस्तो भाको छ, तिमीहरु यसरी अनुसन्धान अघि बढाउन सक्छौ भनेर भन्न सक्नुहुन्छ पुलिसहरुलाई वा कुनै अनुसन्धान अधिकृतलाई । त्यसबाट एउटा ट्र्याक बन्न सक्छ । त्यो रायलाई एउटा रेफ्रेन्स मानेर अनुसन्धान गर्नुपर्ने हुन्छ ।





Read More