― Advertisement ―

Samsung 990 EVO Plus SSD सम्झौतामा नि: शुल्क $ 70 Norton 360 समावेश छ

यो मेरो विश्वास हो कि तपाईसँग कहिल्यै धेरै भण्डारण हुन सक्दैन, र Newegg ले 1TB Samsung 990 EVO Plus SSD $१६५ मा। यसमा सीमित-समयको...
Homeराष्ट्रिय समाचारप्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता, निर्वाचन तयारीबारे छलफल

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता, निर्वाचन तयारीबारे छलफल



१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन् ।

त्यसक्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यादवले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको प्रशंसा गरेका थिए ।

‘राजनीतिक दलहरू चुनावमा जानैपर्छ । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो । तपाईंहरूले चुनावका लागि गर्नुभएको तयारी र सबै पक्षहरूसँग गर्नुभएको संवादले सकारात्मक वातावरण बनाएको छ,’ यादवको भनाइ उदृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

यादवले अब नागरिक समाजसँग पनि कुरा गर्न सुझाएका छन् । यादवले अगाडि भनेका छन्, ‘नागरिक समाजले पनि दलहरूलाई चुनावमा जान प्रेरित गर्नुपर्छ ।’

प्रधानमन्त्री  कार्कीसँगको भेटमा यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने विषयबारे अनुभव सुनाएका थिए । सो क्रममा यादवले त्यतिखेरको सुरक्षा अवस्था र भूराजनितिक परिवेशका सम्बन्धबारे पनि चर्चा गरेका थिए ।

सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायहरूबीचको समन्वयमा जोड दिँदै यादवले दलहरूले पनि चुनावको अपरिहार्यता बुझेको कारण आउँदो २१ फागुनमा हुने चुनावमा सबैले भाग लिने कुरामा विश्वस्त रहेको बताएका थिए ।

यादवले अगाडि भनेका छन्, ‘दलहरूलाई म पनि भनिरहेको छु चुनावको विकल्प छैन । चुनाव नगरी हुँदैन । अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनु हुँदैन।’

भेटमा अर्थमन्त्री रामेश्वर खनाल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायतको उपस्थिति थियो ।

मंगलबार गृहमन्त्री ‌ओमप्रकाश अर्यालले भने पूर्वराष्ट्रपति यादवसँग भेटवार्ता गरेका थिए ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More