― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsप्रधानमन्त्रीलाई एमाले सचिवको प्रश्न- अपराधमा संलग्नलाई कारबाही गर्न पर्दैन ?

प्रधानमन्त्रीलाई एमाले सचिवको प्रश्न- अपराधमा संलग्नलाई कारबाही गर्न पर्दैन ?



२९ कात्तिक, काठमाडौं । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।

शनिबार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी बनाउनेहरुलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

‘जसले घुसपैठ गरे । जसले यस खालको गुण्डागर्दी गरे । जसले यस खालको आतंकित गतिविधि गरे । जसले देशको सम्पत्ति, निजी सम्पत्ति, प्रतिष्ठानहरु । यसलाई धरासायी बनाउने काम गरे । अब यो सरकारले त्यो छानबिन गर्न पर्दैन ? ती अपराधीहरूलाई कानूनको दायरामा ल्याउनु पर्दैन ? जेलबाट हजारौ कैदीहरू छुटेका छन्,’ उनले भने ।

सचिव विश्वकर्माले जेलबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिने काम समेत नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना समेत गरे ।

‘तिनलाई ल्याउनका लागि यो सरकारले के गरिरहेको छ ? जनताको प्रश्न छ । त्यो जवाफ दिने सामर्थ्य सम्माननीय सुशील कार्कीसँग हुनुपर्छ कि पर्दैन ? गृहमन्त्रीसँग हुनुपर्छ कि पर्दैन ? यो सरकारसँग हुुनुपर्छ कि पर्दैन ?,’ उनले भने ।

सचिव विश्वकर्माले मुलुकलाई संकटबाट पार लगाउन आफ्नो पार्टीले सक्दो पहल गरिरहेको जिकिर समेत गरे ।





Read More