― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsप्रधानमन्त्रीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल, साइबर ब्यूरोले सुरु गर्‍यो अनुसन्धान

प्रधानमन्त्रीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल, साइबर ब्यूरोले सुरु गर्‍यो अनुसन्धान



३० असोज, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

कार्कीको नाममा फेसबुकलगायतका फेक आईजी बनाएर विभिन्न सूचनाहरु सम्प्रेषण गरिएको थियो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ती समेत जारी गरेर ती अकाउन्ट नक्कली रहेको बताएको थियो ।

यसरी प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्ट खोलेर सञ्चालनमा ल्याउनेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीले अनुसन्धान अघि बढाइएको बताए ।

केही व्यक्तिलाई कार्यालय बोलाएर सोधपुछ समेत सुरु गरिएको छ । अहिलेसम्म भने कोही पक्राउ नपरिसकेको प्रहरीले बताएको छ ।

२६ अकाउन्ट बन्दका लागि पत्राचार

प्रधानमन्त्रीको नाममा अहिलेसम्म २६ वटा नक्कली अकाउन्ट खोलिएको पाइएको छ । कार्कीको नाममा २६ वटा सामाजिक सञ्जाल अकाउन्ट नक्कली देखिएपछि ती अकाउन्ट बन्द गर्ने प्रक्रिया अघि बढाइएको छ ।

त्यसका लागि ब्यूरोले इमलेमाफर्त सम्बन्धी कम्पनीमा पत्राचार गरेको छ । केही बन्द भइसकेको र केही बन्द हुने प्रक्रियामा रहेको बताइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More