― Advertisement ―

सामसुङले प्राइम डेलाई ठूलो टिभी बिक्रीको साथ पञ्चमा पछाडी दियो – सबैभन्दा बढी बिक्रि हुने 4K, QLED र OLED टिभीहरूमा $१,५०० सम्म छुट

साप्ताहिक समाचारपत्रहरू दैनिक समाचार, साप्ताहिक सम्झौता र हप्ताका शीर्ष प्राविधिक कथाहरू प्राप्त गर्नुहोस् टिप्पणी पहुँच वार्तालापमा सामेल हुनुहोस्, आफ्नो विचार साझा गर्नुहोस् र विशेषज्ञ सल्लाह...
HomeLatest newsप्रदेशसभाबाट राजीनामा दिने तयारीमा कुन्दनराज काफ्ले

प्रदेशसभाबाट राजीनामा दिने तयारीमा कुन्दनराज काफ्ले



२५ पुस, काभ्रेपलाञ्चोक । बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले प्रदेश सभाबाट राजीनामा दिने तयारी गरेका छन् ।

प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर आगामी प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने तयारी गरेको अनलाइनखबरसँग बताए ।

‘राजीनामाबारे राजनीतिक नेतृत्वसँग निरन्तर छलफलमा रहेको छु । दोलखाको समग्र विकासका लागि संघीय सरकारको भूमिका निर्णायक हुने महसुस गर्दै यो साहसिक निर्णय लिएको छु,’ काफ्लेले भने, ‘दोलखाली जनताको माग छ । संघीय संसद्मा दोलखाली जनताको प्रतिनिधित्व गर्ने लक्ष्यका साथ अघि बढ्ने तयारीमा छु ।’

विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गरेका काफ्ले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् । २०७९ सालको निर्वाचनमा उनले दोलखा क्षेत्र नम्बर १ (क) मा भएको बागमती प्रदेश सभा सदस्य  प्रतिस्पर्धामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८ हजार ४२ मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।

काफ्लेको सचिवालय स्रोतका अनुसार प्रदेशको राजनीति र सरकारमा रहेर अनुभव हासिल गरिसकेपछि अब राष्ट्रिय नीति निर्माणमा प्रत्यक्ष सहभागी हुने भन्दै काफ्लेले प्रतिनिधि सभाको तयारी गरेका हुन् ।

उनले सुरुमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतक र प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

नेपाली कांग्रेस दोलखाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ काफ्ले सहित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, पूर्व जिल्ला सभापति तारा बहादुर कोइराला,प्रदेश समिति सदस्य प्रभुराम श्रेष्ठ र पूर्व महासमिति सदस्य विनिता अधिकारीको नाम सिफारिस गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More