राष्ट्रिय
समाचार.
- फिल्म ‘रोज’ को गीत ‘फूल होइन काँडा’ले युट्युबमा १० करोड भ्यूज प्राप्त गरेको छ।
- यो गीत ७ वर्षअघि ओएसआर युट्युब च्यानलमा रिलिज भएको थियो।
- गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, एलिस कार्कीको संगीत, गोपाल रसाइलीको एरेन्ज र राजेशकुमार श्रेष्ठको शब्द छन्।
काठमाडौं । प्रदीप खड्का र मिरुना मगर स्टारर फिल्म ‘रोज’ को बहुचर्चित गीत ‘फूल होइन काँडा’ले युट्युबमा १० करोड भ्यूजको उपलब्धि हासिल गरेको छ ।
७ वर्षअघि ओएसआर युट्युब च्यानलमा रिलिज भएको यो गीतले सोमबार उक्त भ्यूज प्राप्त गरेको हो ।
एलिस कार्कीद्वारा संगीतबद्ध उक्त गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर समावेश छ । गोपाल रसाइलीको एरेन्ज र राजेशकुमार श्रेष्ठको शब्द यसमा छन् ।
नीरक पौडेल निर्देशित फिल्मको उक्त गीतलाई भने निकै रुचाइयो । टर्कीको प्रसिद्ध पर्यटकीय थलोमा उक्त रोमान्टिक गीतको छायांकन गरिएको थियो ।
१० करोड भ्यूज प्राप्त गरेको खुशियालीमा फिल्मका कलाकार र संगीत टीमले सामाजिक सञ्जालबाट दर्शकलाई धन्यवाद दिएका छन् ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

