― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsप्रदीप गिरीको ‘द आइडिया अफ कांग्रेस’ ले थाल्यो अन्तरक्रिया

प्रदीप गिरीको ‘द आइडिया अफ कांग्रेस’ ले थाल्यो अन्तरक्रिया



२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक कमजोरी हटाउने र पार्टीको मूल सिद्धान्तलाई जीवन्त बनाउने उद्देश्यले स्व. प्रदीप गिरीको ‘द आइडिया अफ कांग्रेस’ संस्थाले अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको छ ।

शनिबार राजधानीमा ‘आइडिया अफ कांग्रेस’ले अन्तरक्रिया कार्यक्रमको शुरुवात गरिएको हो ।  पार्टीको राजनीतिक दिशा, संरचनागत समस्या, निर्णय प्रक्रिया र संगठन सुदृढीकरणका उपायहरूमा केन्द्रित यो छलफलले कांग्रेसलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै युवा नेता सचिन तिमल्सिनाले पार्टीले पाएको २८ लाख मतमध्ये औपचारिक सदस्य मात्र ९ लाख रहेको तथ्यांक उजागर गर्दै बाँकी मतदाताहरू शुभेच्छुक भएको बताए । उनीहरूको धारणा सुन्नु आजको मुख्य आवश्यकता भएको उनको भनाइ छ ।

पार्टीभित्रको संरचनागत समस्या, टिकट वितरणको अस्पष्टता र नेतृत्वको एमालेसँग मिलेर सामाजिक सञ्जाल प्रतिबन्धतर्फको प्रस्तावलाई कांग्रेसको आधारभूत सिद्धान्त विपरीत भएको भन्दै आलोचना गरे ।

अर्का युवा नेता कञ्चन झाले मुलुकभरबाट एक सय भन्दा बढी युवा डेमोक्रेटहरूको सहभागितामा कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।

डाक्टर, इन्जिनियर, वकिल, सामाजिक अभियन्ता र फिल्मकर्मीहरू जस्ता विभिन्न पेशाका विज्ञहरूले कांग्रेसको मूल विचार, पहिचान र वर्तमान राजनीतिक भूमिकामा खुला बहस गरेको उनको भनाइ छ ।

अन्तरक्रियाबाट प्राप्त विचार, सुझाव र विश्लेषणलाई संस्थानले संकलन गरी विस्तृत प्रतिवेदन तयार पार्ने र नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वसमक्ष बुझाउने भएको छ ।

यो प्रतिवेदनले पार्टीको आगामी दिशा–निर्देशन, नीतिगत अवलम्बन र संगठन सुधारमा संस्थागत टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More