― Advertisement ―

Homeमनोरन्जनप्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक प्रदीप...

प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक


News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रदीप खड्का स्टारर नेपाली साइन्स-फिक्सन ड्रामा फिल्म ‘एक्लो’ को टिजर युट्युबमा सार्वजनिक भएको छ।
  • फिल्म नेपाल र बेलायतबीचको संयुक्त सहकार्यमा बनेको छ र यसवर्षको कान्स मार्केटमा छनोट भैसकेको छ।
  • ‘एक्लो’ आउँदो १७ पुस २०८२ मा प्रदर्शन हुने जनाइएको छ र यसमा प्रदीप खड्का, दीया पुन, विजय लामा लगायतको अभिनय छ।

काठमाडौं । प्रदीप खड्का स्टारर नेपाली साइन्स-फिक्सन ड्रामा फिल्म ‘एक्लो’ को टिजर युट्युबमा सार्वजनिक भएको छ ।

टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण, मनोविज्ञान र थिमबारे संक्षिप्तरुपमा प्रकाश पार्छ । यो फिल्म यसवर्षको कान्स मार्केटमा छनोट भैसकेको छ ।

नेपाल र बेलायतबीचको संयुक्त सहकार्य रहेको फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ ।

त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (जेमी बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।

नेपालको मुस्ताङ, काभ्रे लगायतका थलोमा फिल्मको छायांकन गरिएको छ । फिल्ममा प्रदीपसहित दीया पुन, विजय लामा, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतको पनि अभिनय छ ।

‘एक्लो’ १ जनवरी, २०२६ अर्थात आउँदो १७ पुसमा प्रदर्शन हुने जनाइएको छ ।





Read More