― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeप्रदर्शनको पूर्वसन्ध्यामा ‘सोल्टिनी’ले ल्यायो ‘सुन सोल्टिनी’

प्रदर्शनको पूर्वसन्ध्यामा ‘सोल्टिनी’ले ल्यायो ‘सुन सोल्टिनी’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिल्म ‘सोल्टिनी’ले नयाँ गीत ‘सुन सोल्टिनी’ युट्युबमा सार्वजनिक गरेको छ।
  • गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीले तयार पारेका हुन् र नृत्य निर्देशन शिशिर खातीले गरेका छन्।
  • फिल्मले अन्तरजातीय प्रेमकथा मार्फत सामाजिक विभेद र प्रेममा देखिने संघर्षलाई चित्रण गरेको छ।

काठमाडौं । प्रदर्शनको पूर्वसन्ध्यामा फिल्म ‘सोल्टिनी’ले नयाँ गीत ‘सुन सोल्टिनी’ युट्युबमा सार्वजनिक गरेको छ ।

एसडी योगी र बेनिशा पौडेलको स्वरमा रहेको यस गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको छ । नृत्य निर्देशन शिशिर खातीको छ ।

गीतमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबिचको आकर्षक केमेस्ट्री, रमाइलो नृत्य र लोक पप शैलीको ताजगी झल्किने दृश्य देख्न सकिन्छ ।

गीतले कथाको पृष्ठभूमि झल्काउँदै दर्शकलाई मनोरञ्जन दिने अपेक्षा निर्माताले लिएका छन् । ’सोल्टिनी’ टिम हालै देशभरका विभिन्न सहरमा देउसीभैलो कार्यक्रममार्फत फिल्मको प्रवर्धन गरिरहेको छ ।

केन्द्रीय चलचित्र जाँच समितिबाट ’युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको यो फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् ।

अन्तरजातीय प्रेमकथामा आधारित यस फिल्मले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने संघर्षलाई चित्रण गरेको छ ।

फिल्ममा विल्सनविक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि अभिनय देख्न पाइनेछ ।





Read More