― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsप्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिता रुकुममा हुने

प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिता रुकुममा हुने


राष्ट्रिय

समाचार.

  • नेपाल स्केटिङ तथा स्केटबोडिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुम पुर्वले मंसिर २७ गते प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएका छन्।
  • प्रतियोगिता सिस्ने गाउँपालिका वडा नं ६ चिउरेनीमा हुने र नेपालभरका महिला तथा पुरुष खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएका छन्।
  • विजेता महिला तथा पुरुष खेलाडीले नगद पुरस्कार, मेडल, प्रमाणपत्र र सान्तोना पुरस्कार प्राप्त गर्नेछन् भने खेल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालन हुनेछ।

१९ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोडिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुम पुर्वको संयुक्त आयोजनामा प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिता यही मंसिर २७ गते हुने भएको छ ।

प्रतियोगिता सिस्ने गाँउपालिका वडा नं ६ चिउरेनीमा सम्पन्न हुने आयोजकले जनाएको छ । खुल्ला प्रतिस्पर्धामा नेपालभरबाट महिला तथा पुरुष खेलाडीहरु समावेश हुनेछन् ।

प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने महिला तथा पुरुष खेलाडीहरुले नगद पुरस्कार १० हजार,  ७ हजार ५०० र ५ हजारसहित मेडल प्रमाण पत्र र सान्तोना पुरस्कारहरु प्राप्त गर्ने छन ।

प्रतियोगिता अनुभवी प्रशिक्षकहरु निर्णयक मण्डलका सदस्यहरु संघका पदाधिकारीहरु तथा खेलाडीहरु उपस्थित रहि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप खेल संचालन गरिने संघका प्रमुख प्रशिक्षक दिलिपराज बरालले जानकारी दिए ।

मोफसलमा हुने यस्ता प्रकृतिका प्रतिस्प्रधाले हाम्रा खेलाडीहरुको मनोबल बढ्ने र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने अभयानमा योगदान पुग्ने स्केट पार्ककी संचालिका तथा आयोजक अश्मी घर्ति मगरले बताइन् ।

युवा जमातकाबिच लोकप्रिय खेल स्केटिङको विकास, प्रबर्धन तथा व्यवसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिताहरु आवश्यक रहेको संघका अध्यक्ष अचुत खनालले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More