― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
HomeLatest newsप्रतिस्पर्धात्मक खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ ले पराजित – KhabarHost

प्रतिस्पर्धात्मक खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ ले पराजित – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल कोलोम्बोमा सुरु भएको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको छ।
  • नेपालले खेलमा २-१ को अग्रता बनाएपनि अन्तिम दुई सेट गुमाउँदै हार व्यहोरेको हो।
  • कीर्गिस्तानले २ अंक जोड्दा नेपालले १ अंक पाएको छ ।

१८ कात्तिक, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा मंगलबारदेखि सुरु भएको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ ।

कोलोम्बोस्थित सुगाथादासा स्पोर्ट्स कम्प्लेक्समा भएको निकै प्रतिस्पर्धात्मक नेपाल कीर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको हो ।

नेपालले कुनै समयमा खेलमा २-१ को अग्रता बनाएपनि त्यसपछि लय कायम नराख्दा अन्तिम दुई सेट गुमाउँदै हार व्यहोरेको हो ।

पहिलो सेट नेपाल २५-२२ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता लिएको थियो । तर दोस्रो सेट कीर्गिस्तानले २५-१४ ले आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्‍यो ।

तेस्रो सेट नेपालले २५-१८ आफ्नो पक्षमा पार्दै खेलमा खेलमा २-१ को अग्रता बनायो ।

नेपाललाई बाँकी दुई मध्ये एक सेट जितेपनि खेल जित्ने अवसर थियो । तर प्रतिस्पर्धात्मक चौथो सेट कीर्गिस्तानले २५-२२ ले आफ्नो बनाउँदै खेल पाँचौ सेटमा पुर्‍यो ।

पाँचौ तथा निर्णायक सेट कीर्गिस्तानले १५-९ ले सहजै जितेर खेल जित्यो ।

जितपछि कीर्गिस्तानले २ अंक जोड्दा पराजित भएपनि नेपालले १ अंक पाएको छ ।

यसअघि मंगलबारै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई सोझो सेटमा हराएर ३ अंक जोडेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More