― Advertisement ―

Intel 486 प्रयोगकर्ताहरूले सेवानिवृत्तिको सामना गर्छन् किनभने लिनक्स कर्नेलले आधुनिक कम्प्युटिङ वातावरणमा दशकौं पुरानो प्रोसेसरहरूसँग अनुकूलता छोड्छ।

Linux 4 मा विकासकर्ताहरूले समर्थन हटाएका छन्। CPULinus Torvalds भन्छन् कि त्यहाँ 486 अनुकूलता कायम गर्न शून्य वास्तविक कारण छIngo Molnar ले लिनक्स कर्नेलहरूमा...
HomeLatest newsप्रतिष्ठानले प्रधानमन्त्रीलाई बुझायो प्रवासीलाई मतदानको अधिकार दिने प्रतिवेदन

प्रतिष्ठानले प्रधानमन्त्रीलाई बुझायो प्रवासीलाई मतदानको अधिकार दिने प्रतिवेदन


राष्ट्रिय

समाचार.

  • नीति अध्ययन प्रतिष्ठानले विदेशमा रहेका नेपाली र नेपालभित्र फरक निर्वाचन क्षेत्रका मतदातालाई मतदानको अवसर दिन सुझावसहित अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ।
  • प्रतिष्ठानले नेपालभित्र अन्तर निर्वाचन क्षेत्र मतदान सहजै गर्न सकिने तर विदेशमा रहेका नेपालीलाई मतदान गराउन केही जटिल हुने उल्लेख गरेको छ।
  • विदेशमा रहेका नेपालीको मतदानका लागि अनलाइन भोटिङ, हुलाकबाट मतपत्र पठाउने र प्रत्यक्ष मतदानका विकल्प सुझाइएको छ।

४ मंसिर, काठमाडौं । नीति अध्ययन प्रतिष्ठानले  विदेशमा रहेका नेपाली र नेपालभित्रै आफ्नो निर्वाचन क्षेत्र बाहिर रहने मतदातालाई मतदानको अवसर दिनका लागि अपनाउनुपर्ने विधिबारे सुझाव सहितको  अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानले नेपाल भित्र फरक निर्वाचन क्षेत्रका मतदातालाई तत्कालै मतदानमा सहभागी गराउन पनि सकिने तर विदेशमा रहेकालाई भने केही जटिल हुने आसयको प्रतिवेदन बनाएको छ ।

प्रतिष्ठानका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार सरकारलाई सुझाव दिइएको छ । तर अब निर्णय कसरी गर्ने भन्नेबारे प्रतिष्ठानले केही भनेको छैन ।

प्राध्यापक डा. लेखनाथ शर्मा,  लक्ष्मण भट्टराई, दीपककुमार खड्का, मोहनकुमार शर्मा र गोपाल आचार्यको समूहले अध्ययन गरेको थियो ।

प्रतिष्ठानले अहिले पहिचान गरिएका विधिहरूमध्ये नेपालभित्र अन्तर निर्वाचन क्षेत्र मतदान गराउन सहजै सकिन्छ । विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागी गराउनका लागि भने तत्काल केही जटिल हुनसक्छ ।

प्रतिष्ठानका अनुसार नेपालभित्रै मतदाता नामावलीमा नाम भएपनि मतदान हुने जिल्ला र मतदान केन्द्रमा गएर भोट हाल्न नसक्नेका लागि प्रत्येक मतदान केन्द्रमा छुट्टै मतपत्र र मतपेटिका राख्न सकिने अध्ययनको निष्कर्ष छ ।

यो विधि अनुसार १६५ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा अन्तर क्षेत्रसम्बन्धि प्रत्यक्ष र समानुपातिकका छुट्ट मतपेटिका राख्न सकिन्छ । यस्तो मतपेटिकालाई छुट्टै राखेर गणना गर्न सकिन्छ । छुट्टै गठन गरेको मत जुन क्षेत्रका उम्देवारको हो त्यही लगेर जोडन सकिने प्रतिष्ठानको अध्ययनको निष्कर्ष छ ।

यसअघि समानुपातिकतर्फ मतदान गर्न कर्मचारी, प्रहरी, सेनाका लागि अस्थायी मतदान केन्द्र तय गरिएको थियो ।  करिब त्यस्तै विधिबाट प्रत्यक्ष र समानुपातिकको मतपेटिका राख्न सकिने प्रतिष्ठानको अध्ययनले औंल्याएको छ ।

विदेशमा रहेका नेपालीहरूको हकमा भने अहिले नै भोटिङको व्यवस्था गर्न सक्ने नसक्ने भन्ने अन्योल छ । तर प्रतिष्ठानले केही विधिहरू सुझावका रुपमा अघि सारेको छ । एउटा अनलाइन भोटिङ र अर्को हुलाकबाट मतदानको विधि तय गरिएको छ । प्रत्यक्ष मतदानको व्यवस्था गर्ने विकल्प पनि छ । तर यो विकल्प जटिल हुने अध्ययनको निष्कर्ष छ ।

अनलाइन भोटिङका लागि त्यसको प्रविधि प्रयोग गर्नका लागि तत्काल व्यवहारिक हुन जटिल छ । हुलाकबाट मतपत्र पठाएर मतदान गराउन सक्ने विधिको प्रयोग गर्न सकिन्छ ।

विदेशीमा रहेकालाई पनि मतदानको अधिकार दिन थालियो भन्ने सांकेतिक रुपमा सन्देश दिनका लागि यो विधिसम्म चाही अपनाउन सकिने प्रतिष्ठानका अधिकारीहरूको बुझाइ छ । प्रत्येक नियोगमा त्यहीँ मतपेटिका राखेर मतदान गराउन चाहीँ व्यवहारिक रुपमा सहज हुन गार्‍हो हुने अध्ययनकर्ताहरूको निष्कर्ष छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नीति तथा अध्ययन प्रतिष्ठानलाई एक महिना अघि पत्र पठाएर विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिन सकिने नकिनेबारे अध्ययन गर्न भनेको थियो ।

सरकार बने लगत्तै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मतदानका लागि प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका थिए ।

जेनजी आन्दोनलकारीहरूले पनि यो माग राखिरहेको सन्दर्भमा सरकारले यसको सम्भाव्यताबारे नीतिगत रुपमै अध्ययन गर्न  सरकार मातहतको थिंकट्यांकलाई अनुरोध गरेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More