― Advertisement ―

अमेजनको मध्य-वर्ष बिक्रीमा धेरै राम्रो सस्तो रोबोभाकहरू छन्, तर त्यहाँ केही मोडेलहरू छन् जुन तपाईंले निश्चित रूपमा बेवास्ता गर्नुपर्छ।

Ecovacs रोबोटिक्सले करिब एक दशक अघि अस्ट्रेलियामा आफ्नो पहिलो Deebot ल्याएदेखि मैले रोबोट भ्याकुम क्लिनरहरूको समीक्षा गरिरहेको छु। त्यसैले म यो सोच्न चाहन्छु कि...
HomeLatest newsप्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताको आह्वान

प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताको आह्वान



२७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन लड्न चाहने दललाई दल दर्ताको आह्वान गरेको छ ।

प्रतिनिधि सभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको हो ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसकेको हुनुपर्ने आयोगले जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते तोकिएको छ ।

१९ जना राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएर आगामी फागुन २० मा बिदा हुँदैछन् । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि माघ ११ गते चुनाव हुन लागेको हो ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More