― Advertisement ―

NHS कर्मचारीहरू ‘नैतिक रूपमा दिवालिया’ Palantir सफ्टवेयर प्रयोग गर्न विरुद्ध पछाडि धकेल्छन्, भन्छन् ‘यसले हाम्रो लागि केही नयाँ गर्दैन’

यसलाई एनएचएसका कामदारहरूलाई सफ्टवेयरको अन्त्य गर्दै, केटाहरू लिंक गर्दै कम्पनीसरकारले प्रतिक्रियाको बीचमा ब्रेक क्लजलाई कथित रूपमा विचार गर्योयद्यपि, UK को FCA ले भर्खरै Palantir...
HomeLatest newsप्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा एमालेको हस्ताक्षर संकलन जारी  

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा एमालेको हस्ताक्षर संकलन जारी  


एमालेका तत्कालीन सांसदहरुको बैठक । फाइल फोटो



२१ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी छ ।

नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो ।

एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेका थिए ।

काठमाडौंमा उपलब्ध भएकाहरूको हस्ताक्षर संकलन सुरु गरेको र त्यो आज पनि जारी रहने विघटित प्रतिनिधिसभाका सदस्य हेमराज राईले बिहीबार नै जानकारी दिएका थिए ।

संकलित हस्ताक्षर कसरी प्रयोग गर्ने भन्नेमा भने एमालेका नेताहरूले प्रष्ट केही भनेका छैनन् । सांसदहरू निवेदन लिएर अदालत जाने कि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा भनेर मत प्रकट मात्रै गर्ने भन्ने प्रश्नमा नेताहरूले जवाफ दिएका छैनन् ।

सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् । त्यसउपर छलफल भएर कारण देखाउ आदेश जारी भइसकेको छ ।

कारण देखाउ आदेश जारी हुनु अगाडिको बहसमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनको विषयमा कतिजना सांसद अदालत आए भनेर प्रश्न समेत गरेका थिए ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्ष वा माग राखेर कति जना सांसद आए भनेर खोजी भएको अवस्थामा सांसदहरूले हामी विघटनको पक्षमा छौं भनेर देखाउन खोज्नु स्वभाविक भएको एमालेका नेताहरू बताउँछन् ।

जेनजी आन्दोलन चर्किएपछि गत भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो ।





Read More