― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsप्रचण्ड सहमतिमा नआए कांग्रेस-एमालेले मात्रै सिट बाँडफाँट गर्ने तयारी – KhabarHost

प्रचण्ड सहमतिमा नआए कांग्रेस-एमालेले मात्रै सिट बाँडफाँट गर्ने तयारी – KhabarHost


पाइल तस्वीर



२३ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म पनि प्रमुख दलहरुले सिट बाँडफाँट गरी तालमेलको प्रयास जारी राखेका छन् । तर तालमेलको अन्तिम निर्णय हुन सकेको छैन ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले ‘बोली फेरेपछि’ सिट बाँडफाँटमा सहमति नजुटेको कतिपय नेताहरु बताउँछन् । त्यसैले कांग्रेस-एमालेबीच मात्रै सिट बाँडफाँटको प्रयास भइरहेको छ । ‘प्रचण्डजी सहमतिमा नआए कांग्रेसले १० र एमालेले ८ सिट लिने विकल्पमा पनि छलफल चलिरहेको छ,’ कांग्रेसका एक नेताले भने ।

राष्ट्रियसभामा २० फागुनदेखि रिक्त हुने १९ मध्ये १८ सिटका लागि (एक जना राष्ट्रपतिबाट मनोनीत हुने) आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि आज (बुधबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

सुरुमा कांग्रेस–एमालेले ७–७, नेपाली कम्युनिस्ट पार्टीले ३ र जसपा नेपालले १ सिट बाँडफाँट गरेर तालमेल गर्ने विकल्पमा छलफल भएको थियो । तर, पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तालमेलका लागि अनिच्छुक देखिएका छन् । उनले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै कसैसँग तालमेल नगर्ने बताएका थिए । सिट बाँडफाँटमा कुरा नमिल्दा प्रचण्डको यो अभिव्यक्ति सार्वजनिक भएका नेताहरु बताउँछन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत प्रचण्डले राष्ट्रियसभामा बढी सिट मागेपछि कुरा नमिलेको बताउँछन् । ‘प्रचण्डजी पहिले एग्री हुनुभएको थियो । ठीक छ भन्ने थियो । तर पछि फेरि हामीलाई त बढी चाहिन्छ भन्ने कुराले अलि मिलेको छैन,’ उनले बुधबार बिहान अनलाइनखबरसँग भने ।

प्रवक्ता महतका अनुसार सुरुमा तीन सिटमा सहमत देखिएका प्रचण्डले पछिल्लो समय बोली फेलेर कम्तिमा चार सिट मागिरहेका छन् । त्यसैले सिट बाँडफाँटको टुंगो नलागेको बताइन्छ । यदि प्रचण्ड सहमतिमा नआए कांग्रेस र एमालेबीच मात्र सिट बाँडफाँट गर्ने तयारीमा नेताहरु छन् ।





Read More