― Advertisement ―

टेक्सास इन्स्ट्रुमेन्टको व्यक्तिगत कम्प्युटर प्रभुत्वको लागि योजना थियो – एक मूल्य युद्धले यसलाई लगभग बर्बाद ल्यायो

जनवरी १९५१ मा, टेक्सासमा आधारित कम्पनी जियोफिजिकल सर्भिस इनकर्पोरेटले पुनर्संरचना कार्यक्रम गरायो।कम्पनी, जसले विकास गरेको थियो, अत्याधुनिक उपकरणको रूपमा सर्वेक्षणको रूपमा उद्योगमा प्रयोग गरिएको...
HomeLatest newsप्रकाशशरण महत – KhabarHost

प्रकाशशरण महत – KhabarHost


फाइल तस्वीर



२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र एकले अर्कालाई कमजोर बनाउने मनस्थितिबाट माथि उठ्न जरुरी रहेको बताएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले विपक्षी पार्टीको चुनौतीको सामना गर्नेबारे छलफल हुनुपर्ने भए पनि कांग्रेसमा एकले अर्कोलाई कमजोर गर्ने, स्थापित र विस्थापित गर्ने बहस भइरहेको बताए ।

‘दुर्भाग्यवस हाम्रो पार्टी आत्मघाती हुन थाल्या छ । हामी आफ्नैलाई सहँदैनौँ । विपक्षीको त्यो कुरा हामी गर्दै गर्दैनौँ । विपक्षीसँग लड्ने कुरा गरिरेहका छौं हामीले ? विपक्षीको चुनौती कसरी पार गर्ने हामीले कुरा गरिरहेका छौँ ?,’ महतले प्रश्न गरे, ‘हामीलाई नै कसरी, कसलाई कमजोर गर्ने, स्थापना र विस्थापना गर्ने ? त्यो बहसमा हामी छौँ । त्यसकारण म अनुरोध गर्न चाहन्छु– यसबाट हामी उठ्नु जरूरी छ । संकटमा जुट्ने हो । संकटमा विवाद गर्ने हैन । सहज समयमा विवाद चर्कै गरे हुन्छ ।’

देश, पार्टी र सभापति शेरबहादुर देउवा अप्ठ्यारोमा परेको समयमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेर पार्टी दुर्भाग्यपूर्ण अध्यायमा प्रवेश गरेको नेता महतको भनाइ छ ।

‘अप्ठ्यारो समयमा यत्रो ठूलो विवाद, त्यो पनि ‘भेरि फर्स्ट डे’ बाट । जुन बेला पार्टी सभापतिमाथि र देशैभरि हाम्रो संरचना र व्यक्तिगत घर–सम्पत्तिमाथि पनि आक्रमण भयो,’ उनले भने, ‘त्यही बेला विशेष महाधिवेशका लागि हस्ताक्षर गर्ने र नगर्नेबीच विभाजन ल्यायौँ । यो दुर्भाग्यपूर्ण अध्यायमा हामी प्रवेश गर्‍यौँ ।’

प्रवक्ता महतले आफूले शालिनतापूर्वक आफ्ना मत राखे पनि पार्टीभित्र शिकार भएको दुःखेसो गरे ।

‘म त शालिनतापूर्वक आफ्ना मतहरू राख्छु । म त यस्तो शिकार भाछु कि, म त टिके रे । वडामा पनि जित्न नसक्ने रे । त्यो पार्टीबाट होइन, पार्टी भित्रैबाट,’ उनको गुनासो थियो, ‘मलाई त लात पुरस्कार दिन्छु भनेर समेत आएका छन्, त्यो पनि पार्टी भित्रैबाट । कहिले पनि हामीले त कसैलाई गाली गर्न पनि जानेनौँ ।’

प्रवक्ता महतले आफूमाथि पार्टीभित्रबाट भइरहेको प्रहारबारे गुनासो गर्दै बीपी कोइरालाको भनाइ पनि स्मरण गरे ।

‘बीपी कोइरालाले भन्नुभएको थियो, जब सत्यको मुख बन्द हुन्छ,  झुटोको थुतुनो चल्छ,’ उनले भने, ‘हाम्रो पार्टीको दुर्भाग्य के भएको छ भने जो विपक्षीहरू छन्, जसले हामीलाई चुनौती खडा गरिरहेका छन् । त्यसका विरुद्ध हामी चुइँक्क बोल्दैनौँ । हाम्रो सत्यको मुख सिल हुन्छ । यसले कसैको पनि हित गर्दैन ।’





Read More