― Advertisement ―

NordVPN को नेक्स्ट-जेन एन्टिभाइरसले 96% फिसिङ ब्लक दरको साथ स्वतन्त्र परीक्षण गर्दछ

NordVPN को एन्टिभाइरस %% ब्लकमा अर्को एन्टिभाइरस साइट ब्लक गरियो 2026 AV- तुलनात्मक परीक्षणसफ्टवेयरले सक्रिय खराब लिङ्कहरू र 200 वैध बैंकिङ URL हरू बीच...

Norton Antivirus Plus मात्र £25 छ

HomeLatest newsप्युठान नगरपालिकामा राष्ट्रिय गानबाट सुरु हुन्छ सेवा

प्युठान नगरपालिकामा राष्ट्रिय गानबाट सुरु हुन्छ सेवा


राष्ट्रिय

समाचार.

  • प्युठान नगरपालिकाले विगत दुई वर्षदेखि प्रत्येक कार्यदिवस बिहान १० बजे राष्ट्रिय गानबाट सेवा प्रारम्भ गर्दै आएको छ।
  • नगर प्रमुख विष्णुबहादुर योगीले राष्ट्रप्रतिको सम्मान, कर्तव्यप्रतिको स्मरण गर्दै राष्ट्रिय गानबाट कार्यालयको दैनिकी सुरू गर्ने गरिएको बताएका छन्।
  • राष्ट्रिय गानमार्फत् राष्ट्रप्रति सम्मान व्यक्त गर्दै प्रतिबद्धता पुनःस्मरण गर्ने अभ्यासले सेवा–संस्कृति र अनुशासनमा सकारात्मक प्रभाव पारेको छ।

२५ कात्तिक, प्युठान। प्युठान नगरपालिकाले प्रत्येक दिन राष्ट्रिय गानबाट सेवा प्रारम्भ गर्ने गरेको छ। यो कार्य विगत दुई वर्षदेखि प्रत्येक कार्यदिवसमा हुँदै आएको छ।

बिहान ठीक १० बजे राष्ट्रिय गान बजाउने अभ्यासलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

नगरपालिकाका सुचना अधिकारी आशिष पौडेलले विगत दुई वर्षदेखि हरेक दिन बिहान १० बजे नियमित रूपमा राष्ट्रिय गानबाट कार्य प्रारम्भ हुने गरेको बताए।

‘झण्डामुनि गोलबद्ध हुने कर्मचारी तथा जनप्रतिनिधिहरूले राष्ट्रिय गानमार्फत् राष्ट्रप्रति सम्मान व्यक्त गर्दै आफ्नो दैनिक कर्तव्यप्रति प्रतिबद्धता पुन:स्मरण गर्छन्। यही प्रक्रियाबाट नगरपालिकाको औपचारिक सेवा–प्रवाह सुरु हुन्छ,’ पौडेलले भने।

नगर प्रमुख विष्णुबहादुर योगीले राष्ट्रप्रतिको सम्मान, कर्तव्यप्रतिको स्मरण र अनुशासनप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न राष्ट्रिय गानबाट कार्यालयको दैनिकी सुरूवात गर्ने गरिएको प्रतिक्रिया दिए।

‘स्थानीय शासन नागरिकसँगको प्रत्यक्ष सम्बन्धमा उभिन्छ। त्यसैले सेवा प्रवाह सुरु हुनु अघि हामी राष्ट्रप्रतिको सम्मान, कर्तव्यप्रतिको स्मरण र अनुशासनप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न चाहन्छौं,’ उनले भने, ‘दैनिक राष्ट्रिय गान हाम्रो संस्थागत पहिचान र कार्यसंस्कृतिको आधार बनिरहेको छ।’

नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माका अनुसार यो अभ्यासले पालिका भित्रको दैनिक क्रियाकलापमा अनुशासन, कार्यप्रेरणा र सेवा–संस्कृतिलाई सुदृढ बनाउँदै आएको छ। ‘देशप्रतिको सम्मानसहित दिन सुरु गर्ने अभ्यासले समयपालन, जिम्मेवारीबोध र संस्थागत व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको छ,’ उनले भने।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण खनालले कर्मचारीमा विकसित भएको आत्मअनुशासन, सक्रियता र सेवाभाव कार्यालयको प्रमुख उपलब्धि बनेको बताए। ‘दैनिक राष्ट्रिय गानले कार्यालयको वातावरणमा स्वाभाविक रूपमा आवश्यक अनुशासन स्थापित गरेको छ,’ उनले भने।

सेवाग्राहीहरूले पनि यसको प्रत्यक्ष प्रभाव महसुस गर्ने अवस्था सिर्जना गरिरहेका नगरपालिकाले जनाएको छ। समयपालन, सेवामा सहजता र कर्मचारीको कार्यशैलीमा सुधार ल्याउने अपेक्षा नगरपालिकाले गरेको नगर प्रमुख योगीको भनाइ छ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More