― Advertisement ―

‘उत्पादन र रचनात्मकता अलग साइलोमा बस्नु हुँदैन’: किन क्यानभाको एआई पुश यसको लोकतान्त्रिक डिजाइनको मूल सिद्धान्तहरू भन्दा फरक छैन

दशकौंदेखि, काम र रचनात्मकतालाई अलग-अलग मापन गरिएको छ। उत्पादकता उपकरणहरू जस्तै स्प्रेडसिट र कागजातहरू दक्षताका लागि बनाइएका थिए, जबकि रचनात्मकता अन्य ठाउँमा विशेषज्ञ...
HomeLatest newsपूर्व क्लब विरुद्ध एजेको गोल, आर्सनललाई ४ अंकको अग्रता

पूर्व क्लब विरुद्ध एजेको गोल, आर्सनललाई ४ अंकको अग्रता


News Summary

Generated by OK AI. Editorially reviewed.

  • आर्सनलले प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।
  • प्यालेसकै पूर्व खेलाडी एबेरेची एजेले खेलको ३९औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
  • आर्सनलले ९ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

९ कात्तिक, काठमाडौं । एबेरेची एजेले पूर्व क्लबविरुद्ध गोल गर्दा आर्सनलले प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।

प्यालेसका पूर्व खेलाडी एजेले खेलको ३९औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यही गोल निर्णायक बन्दा आर्सनलले ३ अंक जोड्यो ।

जितपछि ९ खेलबाट २२ अंक जोडेको आर्सनलले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

दोस्रो स्थानको एएफसी बर्नमाउथको समान खेलबाट १८ अंक छ । आइतबारै भएको खेलमा बर्नमाउथले नटिङहङ्ग फरेस्टलाई २-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको हो ।

म्यानचेष्टर सिटी भने एस्टन भिल्लासँग १-० ले पराजित भएको छ । यो हारपछि सिटीले दोस्रो स्थानमा उक्लने मौका पनि गुमाएको छ । भिल्लाका लागि डिफेण्डर म्याटी कासले १९औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

हारपछि सिटी ९ खेलबाट १९ अंकसहित चौथो स्थानमै छ । एस्टन भिल्ला ९ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More