― Advertisement ―

Homeराष्ट्रिय समाचारपूर्वराष्ट्रपति भण्डारी – KhabarHost

पूर्वराष्ट्रपति भण्डारी – KhabarHost



१८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

नागरिकताको प्रतिलिपि लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।

उनले राजनीतिक दलहरू टुट्नुफुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ऽ

राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहर एक हुनुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘पार्टीहरू टुट्नुफुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसंगठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’

उनले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताइन् ।

सुरक्षाकर्मीका हातहतियारहरू लुटिएको भन्दै गल्ती गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिइन् । राजनीतिक दलहरूलाई पनि बोलाएर संवाद गर्नुपर्नेमा उनको जोड थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More