― Advertisement ―

सर्फशार्कको फास्टट्र्याकले अब 2.000 भन्दा बढी सर्भरहरू कभर गर्दछ – तपाईंको शहर पनि सूचीमा हुन सक्छ

यसको हजारौं सर्फिङ्ट सर्भिसको सर्फिङमा थप्नुहोस् सुविधाप्रविधिले अब २.००० भन्दा बढी सर्भरहरू फैलाएको छVPN ले थप विस्तारको लागि प्रयोगकर्ता प्रतिक्रिया सङ्कलन गरिरहेको छयो अगस्ट...
HomeLatest newsपूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै निर्वाचन आयोग

पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै निर्वाचन आयोग



२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दैछ ।

निर्वाचनको तयारी अन्तर्गत उनीहरूसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगकोे समन्वय लगायतका विषयमा छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

यसअघि आयोगले राजनीतिक दलहरूसँग समेत छलफल गरेको थियो । आयोगले राजनीतिक दल र सरोकारवाला सबैलाई मतदाता नामावलीमा नाम छुट भएकालाई दर्ताको लागि प्रचार गरिदिन समेत आग्रह गर्दै आएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन तयारीको ६० प्रतिशत काम भइसकेको छ । बाँकी काम समेत अगाडि बढिरहेको छ ।

आयोगले चुनावका लागि आवश्यक सामग्रीको सूची तयार पारेर खरिदको काम समेत अगाडि बढाइसकेको छ ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७९ प्रकारका सामग्री चाहिने भनेर आयोगले सूची तयार पारेको थियो । त्यसमध्ये १४ प्रकारका वस्तु किन्ने प्रक्रिया अगाडि बढेको हो ।

निर्वाचनमा मतपेटिका, औँलामा चिह्न लगाउने मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्ट्याम्प प्याड र स्ट्याम्प प्याडको मसी आवश्यक पर्दछ । लाहा छाप, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टेपलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्री पनि चाहिन्छ ।

निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारमलगायत सामग्री पनि आवश्यक पर्ने आयोगले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More