― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsपुस मसान्तभित्र महाधिवेशन गर्न देउवा सहमत, निधि र सिटौलाको विमति

पुस मसान्तभित्र महाधिवेशन गर्न देउवा सहमत, निधि र सिटौलाको विमति


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पर्सि सोमबारका लागि सारिएको छ।
  • सभापति शेरबहादुर देउवासँग महाराजगञ्जमा भएको छलफल निष्कर्षविहीन भएपछि बैठक सारिएको हो।
  • नेताहरूले महाधिवेशन पुसपछि गर्ने वा नियमित महाधिवेशन गर्ने विषयमा सहमति जुटाउन सकेका छैनन्।

१३ मंसिर, काठमाडौं । महाधिवेशन मितिले किचलो झेलिरहेको नेपाली कांग्रेसको भोलिलाई तय भएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । महाराजगञ्जमा सभापति शेरबहादुर देउवासँग भएको छलफल निष्कर्षविहीन भएपछि बैठक सारिएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक पर्सि सोमबारका लागि सारिएको जानकारी दिएका छन् । महाधिवेशनको मितिबारे कांग्रेसमा आन्तरिक किचलो लम्बिँदा सभापति शेरबहादुर देउवा आफैंले अग्रसरता लिएर छलफल गरिरहँदा पनि नेताहरूबीच सहमति जुट्न सकेको छैन ।

शनिबार पनि सभापति देउवाले नेताहरूसँग छलफल डाकेका थिए । शनिबार छलफलमा सभापति देउवा पुस मसान्तभित्र महाधिवेशन गर्न सहमत भएका कांग्रेस स्रोतले बतायो ।

ती नेताका अनुसार विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमै सभापति देउवाको जोड छ ।

देउवासँग महाराजगञ्जमा भएको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए ।

‘आज सभापतिजीले विशेष महाधिवेशन नगरौ भन्ने मेरो धारणा हो । मंसिर, पुस, माघ जहिले हुन्छ नियमित महाधिवेशन गरौं । मिलेर जाऔँ भन्नू भो । गगन जीले विशेष महाधिवेशनको माग फिर्ता लिने जिम्मा म लिन्न भन्नुभयो,’ ती नेताले भने ।

महामन्त्री थापाले जेनजी आन्दोलनको विकसित परिस्थितिमा विशेष महाधिवेशमै जानुपर्ने माग गर्दै आएका छन् ।

नेताहरू रमेश लेखक, शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्माले पनि पुसमा नियमित महाधिवेशन नै गर्दा उपयुक्त हुने मत राखेका थिए ।

तर, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले भने पुसमा महाधिवेशन सम्भव नभएको बताएका थिए ।

‘निधिजी र सिटौलाजीले पुसमा गर्न सम्भव हुँदै हुँदैन । फागुन २१को निर्वाचनमा बाधा हुन्छ । राष्ट्रियसभा र प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार ल्याउनु पर्यो । त्यो समय दिनु पर्यो । चुनाव प्रचार प्रसारमा लाग्नु पर्यो,’ बैठकमा निधि र सिटौलाले राखेको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।

निधि र सिटौलाले पुसमा समय अपुग हुने भन्दै निर्वाचनपछि नै महाधिवेशनमा जानुपर्ने अडान राखेका थिए ।

‘समय पुग्दैन । हामी ९० जना साथीहरूले धेरै छलफल गरेका छौँ, सबैको धारणा निर्वाचन पछिमात्रै महाधिवेशन गरौं भन्ने छ । यसैमा सहमति गरौं । सहमति हुँदैन भने प्रक्रियामा गएर निर्णय गरौं भन्ने हाम्रो धारणा छ भन्ने कुरा राख्नु भयो । कुरा मिलेन आज पनि । नमिले पछि आइतबारका लागि तय भएको बैठक स्थगित भएको छ,’ बैठकमा निधि र सिटौलाको अडान उद्धृत गर्दै ती नेताले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More