― Advertisement ―

युकेको आकाश-उच्च बिजुली लागतले चुपचाप एआई फर्महरूलाई विदेशमा धकेलिरहेको छ किनकि सस्तो बजारहरूले महत्वपूर्ण कार्यभार र भविष्यको नवीनतालाई लोभ्याउँछ।

उच्च ऊर्जाको भार AI को लागि लागत हो UKएआई डिप्लोइमेन्टको लागि सस्तो बिजुली निर्णायक कारक बनिरहेको छसंयुक्त राज्यको पूर्वाधारको फाइदाले एआई वर्कलोडको शिफ्टलाई गति...
Homeपुल नहुँदा नेप्कावासीको जोखिमको यात्रा, जनप्रतिनिधिलाई हेलिकप्टर

पुल नहुँदा नेप्कावासीको जोखिमको यात्रा, जनप्रतिनिधिलाई हेलिकप्टर



५ कात्तिक, हुम्ला । चंखेली गाउँपालिका- ५ स्थित नेप्का गाउँका स्थानीयवासी टाँके भ्याली पुग्न जोखिमको यात्रा गर्न बाध्य छन् ।

टाँके भ्याली जाने बाटोमा खोलाहरू तर्नु पर्ने तर पुल नहुँदा उनीहरुले जोखिमको यात्रा गर्न बाध्य भएका हुन् ।

नेप्कावासी पशुवस्तु पाल्न र चिनको हरियाचौर व्यापार गर्न टाँके भ्याली पुग्नुपर्छ । तर, त्यहाँ पुग्न दर्जनौं ठाउँमा खोला तर्नुपर्छ । ती खोला काठका बला तेर्स्याएर बनाइएका जोखिमपूर्ण काठेपुलको सहायतामा तर्नुपर्छ ।

नागरिकहरू तिनै काठेपुलको जोखिम मोल्दै टाँके पुग्ने गरेको बताउँछन् चंखेली गाउँपालिका-५ का जसबहादुर तामाङ । टाँके भ्याली पुग्न खोला नालाहरूमा झुलुङे पुल पनि नहुँदा बर्खाको समयमा खोला बढ्दा समस्या हुने गरेको उनको भनाइ छ ।

यता जनप्रतिनिधिहरू भने टाँके पुग्दा हेलिकप्टर चार्टर गरेर जान्छन् । चिनको हरियाचौरमा हाट बजार लाग्दा गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको टोली ९ लाख खर्चेर हेलिकप्टरमा पुगेका थिए ।

यसरी जनप्रतिनिधिले हेलीकप्टर चार्टरमै ठूलो रकम खर्च गर्नभन्दा पुल निर्माण गरेको भए नागरिकले सास्ती भोग्न नपर्ने स्थानीयवासीको भनाइ छ ।





Read More