― Advertisement ―

यो स्तरवृद्धि गर्ने समय हो — मैले Best Buy मा 22 वटा सम्झौताहरू फेला पारेको छु जसले तपाईंलाई TV, ल्यापटप र थपमा $1,000 सम्म...

हामी सबैले अब प्रयोग नगर्ने केही पुराना प्रविधिहरू छन्, वा कम्तिमा एउटा पुरानो यन्त्र छ जुन हामीलाई थाहा छ कि हामीले चाँडै अपग्रेड गर्नुपर्छ।...
Homeखेलकुद़़पुरुष फुटबल टिमका प्रशिक्षक रोसले दिए राजीनामा – KhabarHost

पुरुष फुटबल टिमका प्रशिक्षक रोसले दिए राजीनामा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले १३ कात्तिकमा राजीनामा दिएका छन्।
  • अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले रोसको राजीनामा आएको जानकारी दिएका छन्।
  • रोसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन् र उनको राजीनामाको कारण खुलाइएको छैन।

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले रोसको राजीनामा आएको जानकारी दिए ।

यसअघि गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन् ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल सुरु हुन लाग्दा प्रशिक्षक नियुक्त भएका रसले राजीनामा दिनुको कारणबारे खुलेको छैन ।

रसको आगमनपछि नेपाली फुटबल टोलीले खेलेका ७ अन्तर्राष्ट्रिय खेलमा १ जित हात पार्दा २ बराबरी र ४ हारको नतिजा आएका छन् ।

रोसको प्रशिक्षणमा खेलेको पहिलो खेलमै नेपालले सिंगापुरलाई हराएको थियो भने त्यसपछि जित निकाल्न सकेको छैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More