― Advertisement ―

‘हामीले eSIMs लाई सकेसम्म सरल बनाउनु पर्छ’: Saily भन्छिन् कि घर्षण हटाउनु भनेको यात्रा eSIMs लाई लोकतान्त्रिक बनाउने अर्को ठूलो लडाई हो

सेली प्राविधिक घर्षण हटाएर विश्वव्यापी कनेक्टिभिटीलाई प्रजातान्त्रिक बनाउन चाहन्छ र चाँडै नै धेरै प्रयोगकर्ताहरू अनबोर्डिङ यात्रा गर्न सक्नेछन्। थप पढ्नुहोस्
HomeLatest newsपावर तेक्वान्दो च्याम्पियनसिपमा रक्षा र सुमित च्याम्पियन

पावर तेक्वान्दो च्याम्पियनसिपमा रक्षा र सुमित च्याम्पियन


राष्ट्रिय

समाचार.

  • नेपाल पुलिस क्लबका सुमित विष्ट र नेपाल आर्मी क्लबकी रक्षा धिमाल दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन्।
  • पुरुषतर्फ सुमित विष्टले फाइनलमा आर्मीकै अफताब आलमलाई पराजित गर्दै उपाधि हात पारेका छन्।
  • महिलातर्फ रक्षा धिमालले फाइनलमा आर्मीकी गीता कठायतलाई पराजित गर्दै उपाधि जितिन् र पुरस्कार पाएकी छन्।

१९ पुस, काठमाडौं । नेपाल पुलिस क्लबका सुमित विष्ट र नेपाल आर्मी क्लबकी रक्षा धिमाल दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् ।

अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा भएको प्रतियोगितामा सुमित पुरुषमा र रक्षा महिलामा च्याम्पियन भएका हुन् ।

कलंकीस्थित अम्रेला इभेन्ट्समा पुरुषतर्फको फाइनलमा सुमित विष्टले आर्मीकै अफताब आलमलाई पराजित गर्दै उपाधि हात पारे । सेमिफाइनलमा सुमितले ऋृतका हरिश बोहरा र अफताबले आर्मीका अम्बिका घिमिरेलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा अम्बिका घिमिरे र हरिश बोहराले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे ।

महिलातर्फ रक्षा धिमालले फाइनलमा आर्मीकी गीता कठायतलाई पराजित गर्दै उपाधि जितिन् । सेमिफाइनलमा रक्षा धिमालले आर्मीकी बीणा नाथ र गीता कठायतले पासाङ लामालाई पराजित गरेका थिए । महिलातर्फ पासाङ लामा र बीणा नाथ तेस्रो स्थानमा रहे ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

प्रतियोगितामा दुई तौल समूहमा आठ पुरुष र आठ महिला गरी १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा सहभागी खेलाडीहरू हालै सम्पन्न १३औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण, रजत तथा कांस्य पदक विजेता हुन् । पुरुषतर्फ ५४ र ५८ केजी तथा महिलातर्फ ४९ र ५३ केजी तौल समूहका उत्कृष्ट खेलाडीलाई च्याम्पियनसिपमा समावेश गरिएको आयोजकले जनाएको छ ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, फाउन्डेसनका अध्यक्ष एवं काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

खेलाडीको वृत्तिविकासमा योगदान पुर्‍याउनुका साथै खेलाडीबीच मित्रता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले च्याम्पियनसिप आयोजना गरिएको आयोजक फाउन्डेसनकका सचिव नोर्बु लामाले जानकारी दिए ।

समापनका अवसरमा पारा तेक्वान्दोका सर्वाधिक सफल प्रशिक्षक कविराज नेगी लामालाई आयोजक फाउन्डेसनले नगद १० हजारसहित सम्मान गरेको थियो ।

लामाले पारालिम्पिकसहित विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ८ कांस्य पदक जिताएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More