― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsपाल्पा–२ मा विष्णु पौडेल आउँदा ठाकुर गैरेको टिकट खोसियो

पाल्पा–२ मा विष्णु पौडेल आउँदा ठाकुर गैरेको टिकट खोसियो



३ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् ।

रुपन्देही–२ बाट चुनाव लड्दै आएका पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गर्दै पाल्पा–२ को टिकट लिएका हुन् । च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पौडेलको निर्वाचन क्षेत्र सार्नुपर्ने आवश्यकता परेको तर्क गरेका थिए ।

‘पहिलेको ठाउँमा उहाँलाई गाह्रो हुने भयो । त्यही भएर माथि लानुपर्ने भयो,’ अध्यक्ष ओलीले भनेका थिए । पाल्पा–२, बाट गत चुनावमा ठाकुर गैरेले चुनाव जितेका थिए ।

तर पौडेलले निर्वाचन क्षेत्र फेर्दा गैरेको टिकट भने खोसिएको छ ।

‘यस्तो निर्णय गर्दा ठाकुर गैरेलाई अन्याय मात्र हुँदैन, लुम्बिनीमा एमाले कमजोर रहेको सन्देश पनि जान्छ,’ केही पदाधिकारीको असहमति थियो ।

तर विष्णु पौडेल आफैले यो क्षेत्रमा जान चाहेपछि प्रस्ताव बमोजिमको निर्णय भयो । बैठकले सचिव भानुभक्त ढकालको निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने निर्णय गरेको छ ।

यसअघि मोरङ–३ बाट चुनाव लड्दै आएका ढकाललाई तेह्रथुमको टिकट दिइएको हो । अर्का सचिव राजन भट्टराईले पनि काठमाडौं–४ बाट चुनाव नलड्ने निर्णय सुनाएको बैठक स्रोतले जनायो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More