― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsपाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट – KhabarHost

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट – KhabarHost



६ माघ, पाल्पा । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेले ठाकुर गैरेलाई नै प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट दिएको छ । नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिका अनुसार आज बिहान मात्रै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गैरेको टिकट लिएर पाल्पा आउँदै गरेको जानकारी दिए ।

‘बिहानसम्म राम बहादुर राउतको टिकटको फाइनल थियो । अहिले केहीबेरमा अध्यक्षले गैरेको टिकट लिएर आउनु भएको छ,’ घर्तीले भने ।

ठाकुर गैरेले पनि आफूले टिकट पाएको अनलाइनखबरसँग बताए ।

यसअघि गत शनिबार बेलुका पाल्पा २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो । आइतबार एकल सिफारिस भएको रूपन्देही २ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा २ मा राम बहादुर राउतले टिकट पाएका थिए ।

अघिल्लोपटक चुनाव जितेका ठाकुर गैरेलाई टिकट नदिएर ओली निकट राउतलाई टिकट दिइएको भन्दै एमाले नेतृत्वको आलोचना भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More