― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsपार्टी जीवनमा उथलपुथल आइरहन्छन्, चुनावमा प्रभाव पर्नुहुन्न : महत – KhabarHost

पार्टी जीवनमा उथलपुथल आइरहन्छन्, चुनावमा प्रभाव पर्नुहुन्न : महत – KhabarHost



२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आन्तरिक कुराले प्रभाव पर्न नहुने बताएका छन् । नुवाकोट–१ मा कांग्रेसबाट उम्मेदवार रहेका महतले शनिबार एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘पार्टीको जीवनमा उथलपुथल आउँछ । कहिले कोही माथि पर्छ, कहिले तल पर्छ,’ महतले भने, ‘तर, यस्ता कुराले आम निर्वाचन लडिरहँदा प्रभाव पर्नुहुँदैन ।’ पार्टीका आन्तरिक कुराले पार्टी र देशको जीवन नै संकटमा पर्न नहुने उनले बताए ।

अहिले देश नै कठिन मोडमा रहेका बेला निर्वाचनबाट कांग्रेस बलियो बनेर आउनुपर्ने उनले बताए ।

‘अहिले पूरा राज्यका संरचना ध्वंस गरेर झन्डै राज्यलाई असफल पार्ने कोसिस भएको छ । खर्बौँको प्रत्यक्ष क्षति भएको छ । त्यसो गरेकामा गौरव महसुस गरेर प्रस्तुत गरिँदैछ । यसमा हामीले सही कुरा जनतालाई भनिदिनुपर्छ,’ नेता महतले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More