― Advertisement ―

एप्पलले macOS, iOS र थपलाई असर गर्ने खतरनाक शून्य-दिन त्रुटि फिक्स गर्दछ – ‘अत्यन्त परिष्कृत आक्रमण’ बाट बच्न अब अपडेट गर्नुहोस्।

एप्पल प्याचहरू C-V6202002 दिनमा शून्य दिनमा लिङ्क सम्पादक (dyld) फ्ल सक्षम गरिएको स्वेच्छाचारी कोड कार्यान्वयन, परिष्कृत लक्षित आक्रमणहरूमा प्रयोग गरिन्छiOS, iPadOS, macOS, tvOS, watchOS,...
Homeराष्ट्रिय समाचारपार्टी छाडेपछि विप्लवलाई चिरनले भने- फेरि भेट हुनेछ

पार्टी छाडेपछि विप्लवलाई चिरनले भने- फेरि भेट हुनेछ



१४ कात्तिक, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीबाट अलग्गिएका नेता चिरण पुनले कम्युनिष्ट क्रान्तिकारीहरुको एकता अनिवार्य आवश्यकता भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत विप्लवलाई सम्बोधन गर्दै उनले बृहत कम्युनिष्ट एकता र ध्रुवीकरणमा भूमिका खेल्न समेत आग्रह गरेका छन् ।

‘निकै मीठो हाम्रो सहकार्य भएको १३ बर्ष पूरा भएर १४ बर्षमा लाग्दै छ,’ अलग्गिएको घोषणा गर्दै उनले लेखेका छन्, ‘एकताको बिषयमा हाम्रो कुरा मिलेन ।’

बृहत कम्युनिस्ट एकताले मात्र नेपाली बिशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्ने उल्लेख गर्दै उनी थप्छन्, ‘तपाईंको भुमिका बृहत कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवश्यक छ । त्यसको निम्ति हजुरले पनि  छिट्टै  एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।’

नवौं केन्द्रीय समितिको विशेष बैठकको दिशा निर्देश र वस्तुगत आवश्यकताले बिभाजित कम्युनिस्ट आन्दोलनलाई सन्देश दिएको भन्दै उनले विप्लवलाई भनेका छन्, ‘छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु ।’

आज मात्रै चिरन पुन पक्षले छुट्टै भेला गरेर समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय गरेको छ । यस्तो निर्णयपछि उनले विप्लवलाई सम्बोधन गर्दै एकतामा आउन आग्रह गरेका हुन् ।





Read More