राष्ट्रिय
समाचार.
- पाकिस्तानको सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा ग्यास सिलिण्डर विस्फोट भएको छ।
- विस्फोटमा कम्तीमा १२ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर छ।
- इस्लामावाद प्रहरीका आईजी अली नासिर रिजवीले ग्यास चुहावट र एसी मर्मतबारे अदालत प्रशासनलाई ध्यानाकर्षण गराइएको बताए।
१८ कात्तिक, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट भएको छ । विस्फोटमा परेर कम्तीमा १२ जना घाइते भएका छन् ।
इस्लामावाद प्रहरीका आईजी अली नासिर रिजवीका अनुसार अदालतको बेसमेन्टमा रहेको क्यान्टिन (चमेनागृह) मा मंगलबार बिहान १०: ५५ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटले अदालतको पूरै भवन नै हल्लियो ।
अदालतको चमेनागृहमा वातानुकूलित इकाई मर्मत भइरहेका बेला ग्यास सिलिण्डर पड्किएको अधिकारीहरूले बताएका छन् ।
इस्लामावाद प्रहरीका आईजी रिजवीले भने, ‘ क्यान्टिनमा धेरै दिनदेखि ग्यास चुहावट भइरहेको थियो, विस्फोटका बेला एसी मर्मत गरिरहेका प्राविधिकहरू त्यहीं भएर उनीहरू सबभन्दा धेरै घाइते भएका छन्, एक प्राविधिकको शरीरको ८० प्रतिशत भाग जलेको छ ।’
उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै आईजी रिजवीले ग्यास चुहावट र एसी प्रणालीको मर्मतबारे अदालत प्रशासनको ध्यानाकर्षण गराइएको बताए ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

