― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest newsपाँचथरमा १५ जनाको उम्मेदवारी – KhabarHost

पाँचथरमा १५ जनाको उम्मेदवारी – KhabarHost



६ माघ, पाँचथर । एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा विभिन्न दलका १५ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत कुमार मास्केका अनुसार स्वतन्त्र उम्मेदवारी भने परेको छैन ।

२०७९ को निर्वाचनभन्दा २१ फागुनमा हुने निर्वाचनमा उम्मेदवारी दिनेको संख्या पनि घटेको छ । त्यतिबेला प्रतिनिधिसभामा १८ जना चुनावी मैदानमा थिए ।

यो पल्ट नेपाली कांग्रेसबाट नरेन्द्रकुमार केरुङ, नेकपा (एमाले)बाट अइन्द्रसुन्दर नेम्बाङ, नेपाली कम्युनिस्ट पार्टीबाट हर्क नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र विक्रम थाम्सुहाङको उम्मेदवारी परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेजकुमार कुरुम्बाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रकाश काफ्ले, नेपाल मजदुर किसान पार्टीबाट लक्षुमन तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट विजय नेम्बाङ, मंगोलनेसनल अर्गनाइजेसनबाट रामकुमार तुम्रोक, संघीय लोकतान्त्रिक मञ्चबाट भानुभक्त फियाकको उम्मेदवारी परेको छ ।

यसैगरी, नेपाल जनमुक्ति पार्टीबाट नरेन्द्रप्रसाद कुरुम्बाङ, जनता समाजवादी पार्टीबाट मचिन्द्रप्रसाद बेघा, राष्ट्रिय परिवर्तन पार्टीबाट टेकबहादुर सुब्बा, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मित्र लिङदेन र श्रम संस्कृति पार्टीबाट हस्तराज शेर्माले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More