― Advertisement ―

पिट सिजन २ फाइनलमा फ्यानहरूको लागि स्टोरमा कम्तिमा ‘एउटा वास्तविक आश्चर्य’ हुनेछ, ताराले पुष्टि गर्दछ – किनकि डा. रोबीको परिवर्तनले नराम्रो मोड लिन्छ।

यदि म हरेक पटक एपिसोड हेर्न बस्दा तनावमा नपरेको भए, म रोएको थिएँ द पिट सिजन २ सकिन लागेको छ। हाम्रो मनपर्ने ER को...
HomeLatest newsपाँचतारे लुम्बिनी हेरिटेज अब क्राउन प्लाजा बन्ने 

पाँचतारे लुम्बिनी हेरिटेज अब क्राउन प्लाजा बन्ने 


News Summary

Generated by OK AI. Editorially reviewed.

  • आईएचजी होटल्स एन्ड रिसोर्ट्सले लुम्बिनीमा आफ्नो प्रिमियम ब्रान्ड ‘क्राउन प्लाजा’ सञ्चालन गर्दै नेपालमा पुनः सेवा सुरु गर्ने भएको छ।
  • लुम्बिनी हेरिटेज होटललाई पुनः ब्रान्डिङ गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिइने र यसमा १ सय ४७ कोठा, आधुनिक सुविधा र क्यासिनो सेवा रहनेछ।
  • आईएचजी र लुम्बिनी हेरिटेजबीच भारत नयाँदिल्लीमा सम्झौता भएको छ र सन् २०२६ भित्र आईपीओ निष्कासन गर्ने योजना रहेको छ।

१६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय आतिथ्य समूह आईएचजी होटल्स एन्ड रिसोर्ट्सले नेपालमा पुन: सेवा सुरु गर्ने भएको छ ।

आईएचजी (इन्टरकन्टिनेन्टल होटल्स ग्रुप) ले पहिलो पटक काठमाडौं बाहिर सेवा विस्तार गर्दै लुम्बिनीमा आफ्नो प्रिमियम ब्रान्ड ‘क्राउन प्लाजा’ सञ्चालन गर्ने भएको हो ।

आईएचजीको क्राउन प्लाजा ब्रान्ड पहिले नेपालमा पाँचतारे होटल सोल्टी काठमाडौंमा सञ्चालित थियो । सोल्टीसँगको सम्झौता १४ मे २०२१ मा समाप्त भएपछि लुम्बिनी हेरिटेज मार्फत क्राउन प्लाजा  पुन: नेपाल फर्किएको हो ।

हाल लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी हेरिटेज होटललाई पुन: ब्रान्डिङ गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिइने भएको छ ।

यसबारे आईएचजी होटल्स एन्ड रिसोर्टस् र लुम्बिनी हेरिटेज लिमिटेडबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । भारत नयाँदिल्लीमा सम्झौता भएको हो ।

सम्झौतामा लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्य र आईएचजी होटल्स एन्ड रिसोर्ट्सका दक्षिण पश्चिम एसिया प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय लगानी आकर्षणमा महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

यसअघि ‘पवन प्यालेस लुम्बिनी’ का नाममा सञ्चालनमा रहेको यो होटललाई अधिग्रहणपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पुन: रूपान्तरण गरिएको हो । होटलमा कुल १ सय ४७ कोठा छ । जसमा ७ स्विट रुमसहित, आधुनिक बहुउद्देश्यीय हल, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्विमिङ पुल र अन्य प्रिमियम सुविधा छन् । यसै वर्ष क्यासिनो सेवा सुरु गर्ने योजना रहेको समेत कम्पनीले जनाएको छ ।

लुम्बिनी हेरिटेज होटल बुद्ध जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट करिब ९ किलोमिटर दूरीमा छ । कम्पनीले सन् २०२६ भित्र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने योजना पनि अघि सारेको छ ।

लुम्बिनी हेरिटेज लिमिटेड अध्यक्षा अमात्यले आईएचजीसँगको सहकार्यले लुम्बिनीको आतिथ्य सेवा नयाँ स्तरमा पुग्ने र यस क्षेत्रको पर्यटन सम्भावनामा थप ऊर्जा भर्ने बताए ।

‘क्राउन प्लाजा लुम्बिनीसँगै नेपालमा हाम्रो उपस्थितिलाई पुन: सुदृढ गर्न पाउँदा खुसी छौं,’ आईएचजीका प्रबन्ध निर्देशक सुदीप जैनले भने, ‘आधुनिक डिजाइन र उत्कृष्ट सेवासहित यो होटल स्वदेशी तथा विदेशी पाहुनाका लागि उत्कृष्ट गन्तव्य बन्ने छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More