― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsपश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा पनि पानी पर्ने

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा पनि पानी पर्ने


Photo Credit : मौसम पूर्वानुमान महाशाखा ।



१४ माघ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको बैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुगे पनि जति पूर्व गयो त्यति कम प्रभाव छ ।

विभागका अनुसार मंगलबार साँझदेखि नै सुदूरपश्चिमका जिल्लाहरुमा हल्का पानी पर्न सुरु गरेको थियो । रातिदेखि पानीको मात्रा र क्षेत्र दुवै बढेको थियो ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा २९.६ मिलिमिटर वर्षा भएको छ । पछिल्लो एक घण्टा यता भने सुदूरपश्चिममा कम र कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ ।

विभागका वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ ।

काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्का पानी पर्ने पूर्वानुमान छ । वरिष्ठ मौसमविद पौडेलले भने, ‘काठमाडौंको हकमा मध्याह्नपछि पानी पर्ने सम्भावना छ । तर पानी सबैतिर एकनासको पर्दैन ।’ उनका अनुसार काठमाडौं उपत्यकामा आज घाम लाग्ने सम्भावना कम छ ।

उनका अनुसार मधेश र पूर्वी तराईका झापा लगायतका जिल्ला बाहेक प्राय बैतिर हल्का वर्षा हुने सम्भावना छ ।

पूर्वीपहाडी जिल्लामा पानी र हिमपात दुवैको सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए । ‘मनाङ, मुस्ताङसहित पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा मध्यम खालको हिमपात हुनेछ’ उनले भने ।

उनका अनुसार आजै साँझबाट बादल हट्ने र मौसममा सुधार हुनेछ ।





Read More