― Advertisement ―

‘उत्पादन र रचनात्मकता अलग साइलोमा बस्नु हुँदैन’: किन क्यानभाको एआई पुश यसको लोकतान्त्रिक डिजाइनको मूल सिद्धान्तहरू भन्दा फरक छैन

दशकौंदेखि, काम र रचनात्मकतालाई अलग-अलग मापन गरिएको छ। उत्पादकता उपकरणहरू जस्तै स्प्रेडसिट र कागजातहरू दक्षताका लागि बनाइएका थिए, जबकि रचनात्मकता अन्य ठाउँमा विशेषज्ञ...
HomeLatest news‘पर्यटनबाट भूमिसुधारमा मेरो नाम हेरफेर गर्ने अदृश्य शक्ति के थियो ?’

‘पर्यटनबाट भूमिसुधारमा मेरो नाम हेरफेर गर्ने अदृश्य शक्ति के थियो ?’



अन्तरिम सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री सुशीला कार्कीले आइतबार चारजना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन् । त्यसमध्ये एक नाम थियो- गणपतिलाल श्रेष्ठ । तर शनिबार राति उनीसँग कुरा भएर अन्तिम रूप पाएको पर्यटन मन्त्रालयबाट उनको नाम भूमिसुधारमा सारिएको थियो ।

जब उनले अर्को मन्त्रालय फेरेको जानकारी पाए त्यसपछि मन्त्रीको शपथ लिन अस्वीकार गरे । कसरी उनको नाम अर्को मन्त्रालयका लागि फेरियो ? यसै सन्दर्भमा श्रेष्ठसँग अनलाइनखबरका विशाल सापकोटाले गरेको कुराकानी :

तपाईंको नाम पनि मन्त्रीका रूपमा सिफारिस भएको थियो । तर, शपथ भएन किन ?

म पर्यटन क्षेत्रमा काम गर्दै आएको व्यक्ति हुँ । सम्पदा संरक्षणको क्षेत्रमा मैले विगतमा गरेका काम भनिरहनुपरेन । हिजो प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग कुरा भएको थियो ।

हिजो बेलुका ८ बजेसम्म मलाई पर्यटन मन्त्रालयकै जिम्मेवारी दिने कुरा थियो । तर, बिहान प्रधानमन्त्रीले मठ, मन्दिर, गुठीको कुरा भूमिसूधारबाट पनि हेर्न सकिन्छ भन्न थाल्नुभयो । हिजो बेलका त्यहि मुखले नै आठ बजेसम्म अन्य मन्त्रीहरू पनि बसेर फाइनल गरिएको थियो संस्कृति पर्यटन मन्त्रालय, अगाडिदेखि पनि त्यहि नै कुरा भएको हो । अब मैले चाँही प्रधानमन्त्रीज्युसँग मन्त्रीको लागि मन्त्री बन्न आको होइन भनिदिएँ अगाडि नै ।

मन्त्रालय फेरिँदा तपाईं नमान्नु भएको हो ? के भयो ठ्याक्कै ?

सबैको अनुरोधमा कमसेकम अहिलेको मान्छेको निराशा र थोरै भएको आशालाई जगाउनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी चाहेको थिएँ । विगत २२–२४ वर्ष सांस्कृतिक धरातलमा काम गरेको हिसाबबाट, पर्यटकीय नगरीमा जन्मिएको हिसाबबाट पर्यटन मन्त्रालयको जिम्मेवारी चाहेको थिएँ ।

पर्यटन मन्त्रालय नै उपयुक्त हुन्छ भनेर उहाँहरूकै अनुरोधमा कमसेकम देशको यो विषम परिस्थितिमा तपाईंहरू जस्तो मान्छे आइदिनु पर्यो भनेपछि मात्र गएको हो ।

हिजो बेलुका ८ बजे सम्म सबै मन्त्री ज्यूहरू बसेर फाइनल गरेको चिज आज बिहान मात्र सिफारिस भयो भनेर तपाईंहरुकै न्युजमा आको हैन र । त्यसपछि एकछिन पछि तपाईंलाई भूमि सुधार मन्त्रालय भन्ने बित्तिकै त्यो कुरा मैले अस्वीकार गरेको हो ।

तपाईंको नाम पर्यटन मन्त्रालयमा टुंगो लागेको थियो भने रातिको कुरा बिहान किन फेरियो त ?

त्यहि त अब पर्यटन उहाँहरूले नै एप्रोच गरेको मन्त्रालय हो । मैले एप्रोच गरेको पनि होइन । अब उहाँहरूले आज बिहान मात्र के कुराले चाँही हेरफेरि गर्नुभयो, अदृश्य शक्ति चाँही के थियो मलाई थाहा भएन ।

यो त नागरिक सरकार हो नि, नागरिक सरकारलाई कस्तो शक्तिले यो चेन्ज गरायो ? मन्त्रिपरिषद् विस्तारको कुरा लगभग एक महिना भयो नि अन्योलमा राख्या, हैन ।

तपाईंहरूकै न्यूजमा सोमबार शपथ भन्ने आयो । त्यो भन्दा अगाडि पनि यो मन्त्री बन्ने भनेर आएको थियो नि हैन । अब अहिले आज बिहानसम्मको पनि आउँदा खेरि एक दुई घण्टामा के दबाब र प्रभाव पर्‍यो थाहा भएन ।

अनि त्यहि कारण मलाई त्यो मन्त्रीको लागि मन्त्री बन्नु छैन भनेर भनेर आएँ ।

प्रधानमन्त्रीसँगै मन्त्रीका लागि मन्त्री बन्दिन भन्नुभयो ?

अँ, प्रधानमन्त्री र गृहमन्त्रीलाई नै भनेर आएँ । प्रधानमन्त्रीसँगै छ पर्यटन मन्त्रालय । अब उहाँले कसलाई दिन खोज्या हो थाहा भएन । भूमिसुधार जसलाई दिने भनेर आश्वासन दिएका छन्, त्यही मान्छे यता र उता गर्न खोजेको हो भन्ने लाग्यो ।

तपाईंले पर्यटन मन्त्रालय नै माग्नुको कारण के हो त ?

अब सांस्कृतिक क्षेत्रमा काम गरेको हिसाबमै भयो नि हैन । संस्कृति पर्यटनसँग जोडेर अब त्यो किसिमको उहाँहरूले नै एड्रेस गर्नुभएको हो । अहिलेको अवस्था त सहज अवस्था त होइन नि । त्यत्रो युवाहरूको बलिदानी छ । यस्तो बेला बच्चाबच्चीको खेल जस्तो देखियो । अरूलाई भए जुन मन्त्रालयको जिम्मेवारी दिए पनि खुशी हुन्थ्यो होला । होडबाजी हुन्थ्यो होला । मेरो चाहीँ त्यो लाइन हैन । इच्छा नै नगरेको क्षेत्रको जिम्मेवारी बोकाउन भूमिमन्त्री बनाउन खोजेपछि अब के मतलब भनेर त्यो अस्वीकार गरेको हो ।

कुरा चले देखिनै त्यो मन्त्रालयमा गएर कमसे कम हैन, देश र जनताको लागि के गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित भइरहेको थियो । हिजो बेलुकाले थप उर्जा थियो । अब आज शपथ हुन्छ, आज सिफारिस बिहानै हुन्छ भन्ने कुरा जानकारी पाएँ । तर अब एकाएक मन्त्रालय नै परिवर्तन भयो । त्यो पनि मलाई नसोधिकन भयो ।

तपाईंको नाम पनि राष्ट्रपति समक्ष सिफारिस भएको थियो नि ?

गयो, तर मन्त्रालय चेन्ज भएर । भूमिसुधार मन्त्रालयमा त मसँग कुरा भएको छैन नि । केहि कुरा परिवर्तन गर्न पनि सोच्न त पर्छ होला नि । इच्छा हुने नहुने कुराहरू हैन । क्यापाबिलिटीको कुरा होला, हरेक कुराहरु हुन सक्छ नि ।

अब हिजो बेलुका आठ बजे सम्म त उहाँहरु सबै बसेरै फाइनल गरेको हो । अनि हिजोको आजै बिहान एकैछिनमा त्यसरी आफ्नो बोली फेरेपछि कोइसन त उठ्छ नि ।

अब फेरि प्रधानमन्त्रीसँग छलफल गरेर मन्त्री बन्ने संकेत देख्नु भएको छ ?

उहाँले अर्को व्यक्ति नै मन्त्रालयमा राख्न खोजेको हुनसक्ला । त्यसले गर्दा मात्र तल माथि भएको हुनसक्छ । त्यो बाहेक मेरो विचारमा अरू म देख्दिन । त्यही भएर मलाई अब अर्को मन्त्रालयमा इन्फोर्स गर्या हो नि त ।

पर्यटनमा भइदिएको भए गरिरहेको काम र क्षेत्र पनि त्यही थियो ।

हामीले हिजोको दिन गुठी आन्दोलन लडिराख्दा खेरि गुठी विधेयक विरुद्धको आन्दोलन लड्दै गर्दा खेरि, भूमि सुधार मन्त्रालयले जहिले पनि भूमिसँग मात्र तुलना गर्‍यो ।

हाम्रो संस्कृतिहरू समय सापेक्ष किसिमले आफ्नै गुठीको पितापुर्खाले राखेको गुठीको जग्गाबाट स्वचालित हुनुपर्ने, स्वायत्तता हुनुपर्ने, त्यो हुन सकेन, हैन । त्यसले गर्दाखेरि यो गुठी संस्थान र गुठी जति पनि संस्कृतिहरू चल्छन् त्यो संस्कृति मन्त्रालय अन्तर्गत पर्छ भन्ने हाम्रो त्यतिबेला माग थियो ।

त्यति भइसकेपछि त संस्कृति मन्त्रालयको जस्तो आज हामी त्यहाँ पुगेको भएपनि हामीले गुठीको जति पनि कुरा छ भूमिसुधार मन्त्रालय अन्तर्गत थियो । त्यो चाहिँ हाम्रो मन्त्रालय अन्तर्गत हुनुपर्छ भनेर हामी त्यो लाइनमा चल्नेगरी सोच्थ्यौं । त्यसले गर्दाखेरि पनि अब भूमिसुधार चाहिँ हामी लिँदैनौ । त्यो पनि एकाएक त्यसरी परिवर्तन गरेर आफ्नो स्वाभिमानको पनि त कुरा भयो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More