― Advertisement ―

यहाँ 11 TV हरू छन् जसमा म NBA Playoffs हेर्न सिफारिस गर्छु — $1,700 सम्म छुट 4K, QLED र OLED TV हरू

यो सप्ताहन्तमा NBA प्लेअफ सुरु हुन्छ, र यदि तपाइँ आफ्नो मनपर्ने टोली हेर्नको लागि आफ्नो डिस्प्ले अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने, तपाइँ Best...
HomeLatest newsपर्यटकलाई लुटपाट गरेको आरोपमा ठमेलबाट १३ जना पक्राउ

पर्यटकलाई लुटपाट गरेको आरोपमा ठमेलबाट १३ जना पक्राउ


राष्ट्रिय

समाचार.

  • काठमाडौं प्रहरीले पर्यटकलाई अनावश्यक हैरानी दिने र लुटपाट गरेको आरोपमा १३ जनालाई ठमेलबाट पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा काभ्रे, बाजुरा, तनहुँ, सिन्धुली, सर्लाही, सुनसरी, दोलखा, रामेछाप, गोरखा, बाँके र दाङका विभिन्न जिल्लाका युवाहरू छन्।
  • उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा चार दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१० मंसिर, काठमाडौं। प्रहरीले पर्यटकहरूलाई अनावश्यक हैरानी दिने र लुटपाट गरेको आरोपमा  १३ जनालाई ठमेलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर-५का १९ वर्षीय बादल तामाङ, बाजुराको बडिमालिका-४ का २२ वर्षीय गणेशनाथ, तनहुँ बन्दिपुर-३का २४ वर्षीय विशाल थापा मगर,
सिन्धुलीको दुधौली-६ का २० वर्षीय गणेश तामाङ र सर्लाहीको बाग्मती-२ का १९ वर्षीय सागर मगर, सुनसरी इटहरी २१ का २२ वर्षीय रमेश क्षेत्री रहेका छन् ।

यस्तै दोलखाको गौरीशंकर-२ का १९वर्षीय विशाल नेपाली, रामेछाप बाम्तेभण्डरका २१ वर्षीय मिलन नेपाली, गोरखाका २२ वर्षीय बिवश खनखवास, बाँके नेपालगञ्जका २३ वर्षीय अभिषेक थापा, काभ्रेपलान्चोक रोशीका २२ वर्षीय संजय लामा, दाङ घोराहीका २० वर्षीया प्रतिमा डाँगी र दाङ घोराहीकै २१ वर्षीया प्रमिला पुन मगरलाई प्रहरीले ठमलेबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा काठमाडौं प्रशासन कार्यालयबाट ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





Read More