― Advertisement ―

म RAM-hogging गुगल क्रोमले मेरो ल्यापटपलाई क्रल गर्न ढिलो गर्नबाट बिरामी छु, त्यसैले Asus Vivobook 16 को Best Buy मा रेकर्ड-कम मूल्य गम्भीर रूपमा...

म सँधै थप उत्पादनशील हुने उपायहरू खोज्दै आएको छु, विशेष गरी जब मसँग एकै पटक धेरै एप र वेबसाइटहरू खुला हुन्छन्।मैले सोचिरहेको एउटा समाधान...
HomeLatest newsपरिवर्तन खोज्दैछन् मतदाता – KhabarHost

परिवर्तन खोज्दैछन् मतदाता – KhabarHost


बायाँबाट क्रमशः गेनादेवी सदाय, जहरीदेवी सदाय, सूर्यनारायण यादव र किसुनदेव यादव ।



८ माघ, सिरहा । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । सिरहामा पनि चारवटै क्षेत्रबाट १३९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी दर्तासँगै सिरहाका सबै निर्वाचन क्षेत्रमा चुनावी माहोल तातेको छ । उम्मेदवारहरू प्रचार–प्रसार र रणनीतिमा व्यस्त रहँदा सिरहा-२ का  मतदाता भने यसपटक वास्तविक परिवर्तनको अपेक्षासहित सजग देखिएका छन् ।

यहाँका नागरिकले पुराना अभ्यास तोड्दै नयाँ दिशा तय गर्ने अवसरका रूपमा यो निर्वाचनलाई लिएका छन् ।

सिरहा–२ का मतदाताहरूको मुख्य चासो विकास निर्माण, रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा सुधार रहेको छ । लामो समयदेखि उही समस्या दोहोरिँदै आएको भन्दै धेरै मतदाताले यसपटक बोल्ने होइन, काम गरेर देखाउने प्रतिनिधि छान्ने बताएका छन् ।

सूर्यनारायण यादव ।

स्थानीय सूर्यनारायण यादव भन्छन्, ‘हामीले धेरैलाई जितायौँ, धेरै दल र नेताहरूलाई मौका दियौँ। तर समस्या ज्यूँका त्यूँ रह्यो । यसपटक बोल्ने होइन, काम गर्ने मान्छे चाहिएको छ ।’

बरियारपट्टी गाउँपालिकाकी गेनादेवी सदायले विगतका चुनावमा जितेर गएका जनप्रतिनिधिहरूप्रति असन्तुष्टि व्यक्त गरिन् । विगतको अनुभव सम्झिँदै उनले भनिन्, ‘निर्वाचनको बेला नेताहरू घरदैलोमा आएर अनेक वाचा गर्छन् । तर जितेपछि सबै बिर्सिन्छन् । गरिब र अति विपन्न परिवारलाई फर्केर पनि हेर्दैनन् । यसपालि जनताको हकहितमा काम गर्ने व्यक्ति छानेर मतदान गर्छौँ ।’

गेनादेवी सदाय ।

सिरहा-२ का युवा मतदातामा पनि पुराना नेताप्रति निराशा स्पष्ट देखिन्छ । उनीहरू पुराना नेताले चुनावका बेला ठूलाठूला आश्वासन दिने तर जितेर फर्केर नआउने गरेको भन्दै आक्रोश व्यक्त गर्छन् ।

सुखीपुरका युवा मतदाता किसुनदेव यादव भन्छन्, ‘करिब २० वर्षदेखि देशमा परिवर्तन हुने आशामा विभिन्न पार्टीका नेताहरूलाई जिताउँदै आयौँ । तर ती उनीहरूले ठोस परिवर्तन गर्न सकेनन् । यसपालि हामीलाई परिवर्तन चाहिएको छ । सोच-विचार गरेर मात्रै मतदान गर्छौं ।’

किसुनदेव यादव ।

गरिब समुदायका पीडामा कुनै पनि नेताले मल्हम लगाउन नसकेको भन्दै मतदाताले चिन्ता व्यक्त गरेका छन् । गरिबका पीडा नबुझ्ने मान्छेलाई यसपटक मत नदिने उनीहरू बताउँछन् ।

बरियारपट्टि गाउँपालिकाकी जहरी सदाय भन्छिन्, ‘नेताहरू चुनावको बेला घर नहुनेलाई घर, जग्गा नहुनेलाई जग्गा दिन्छु भन्छन् । तर जितिसकेपछि फर्केर पनि आउँदैनन् । आफ्ना आफन्तलाई रोजगारी दिन्छन्, हामी गरिब भने सडकमा बस्न बाध्य छौँ ।’

जहरी सदाय ।

रोजगारीको सवालमा पनि सिरहा-२ का मतदाता यसपटक निकै संवेदनशील देखिन्छन् । वैदेशिक रोजगारी बाध्यता नभई विकल्प बन्नुपर्ने उनीहरूको माग छ । देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा युवाहरू विदेशिन बाध्य भएको भन्दै दीर्घकालीन रोजगार नीति आवश्यक रहेको मतदाताहरूको भनाइ छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक सिरहा–२ मा मतदाताको निर्णय उम्मेदवारको पार्टीभन्दा पनि व्यक्तित्व, विगतको काम र प्रतिबद्धतामा आधारित हुने सम्भावना देखिन्छ । विकास निर्माण, सामाजिक न्याय र गरिबी न्यूनीकरणमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नसक्ने उम्मेदवारलाई मतदाताले प्राथमिकता दिने संकेत देखिएको छ ।





Read More